शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गलेश्वरमा साउनको पहिलो सोमबार दुई लाख नौ हजार बढी भेटी संकलन
गलेश्वरमा साउनको पहिलो सोमबार दुई लाख नौ हजार बढी भेटी संकलन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, साउन ५, २०८३
Veti
गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउन महिनाको पहिलो सोमबार भक्तजनबाट दुई लाख नौ हजार ८४० रुपैयाँ भेटी संकलन भएको छ । बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार चढाइएको भेटी मंगलबार बिहान सरोकारवाला निकायको उपस्थितिमा मन्दिर परिसरमै गणना गरी सार्वजनिक गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव तेजेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । कोषका कोषाध्यक्ष कुमारी रोकाका अनुसार संकलित रकममध्ये भक्तजनले चढाएको भेटीबाट एक लाख ९६ हजार ५४९ रुपैयाँ तथा रसिदमार्फत १३ हजार २९१ रुपैयाँ प्राप्त भएको हो । मन्दिरमा संकलित भेटीको मुचुल्का तयार गरी प्रहरीको सुरक्षामा राखिएको चाबी प्रहरी चौकीबाट ल्याई कोषका पदाधिकारी, कर्मचारी, गलेश्वर आमा समूह, प्रहरी तथा स्थानीयवासीको उपस्थितिमा रकम गणना गरेर सार्वजनिक गरिएको थियो । दान संकलनका क्रममा पछि फेला परेका छिटफुट भेटीहरू प्रत्येक महिनाको १५ गते सार्वजनिक गर्ने व्यवस्था रहेको छ । यस वर्ष साउन महिनामा चार वटा सोमबार परेकाले पहिलो सोमबार गलेश्वरधाममा भक्तजनको आगमन अपेक्षाकृत कम रहेता पनि आगामी सोमबारहरूमा भने भक्तजनको उपस्थिति उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । कोषका उपाध्यक्ष बमबहादुर पुनले यस वर्ष साउन महिनामा चार वटा सोमबार परेको बताउँदै प्रत्येक सोमबार संकलित भेटी मंगलबार सार्वजनिक गरिने जानकारी दिनुभयो । उहाँले धान रोपाइँ तथा कृषि कार्यको व्यस्तताका कारण गत वर्षको तुलनामा यस वर्ष पहिलो सोमबार दर्शनार्थीको संख्या केही कम भएको र त्यसको प्रभाव भेटी संकलनमा समेत परेको उल्लेख गर्नुभयो । कालीगण्डकी नदी किनारमा अवस्थित गलेश्वरधाम नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चट्टानमाथि रहेको प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तर–पूर्वी कोणमा रहेको मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान रहेको धार्मिक विश्वास छ । गलेश्वरधाममा दर्शन गरे मनोकामना पूरा हुने जनविश्वासका कारण मुक्तिनाथ जाने तथा फर्किने हजारौं भक्तजनले यहाँ दर्शन गर्ने गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  ११:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP