शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दिवंगत निर्मल पुर्जाको एआई नक्कली तस्बिर भाइरल
दिवंगत निर्मल पुर्जाको एआई नक्कली तस्बिर भाइरल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन १७, २०८३
Nims
काठमाडौं । पाकिस्तानको ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सँग सम्बन्धित भन्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा तस्बिर वास्तविक नभई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट सिर्जना गरिएको नक्कली तस्बिर भएको खुलेको छ । निर्मल पुर्जा हिमपहिरोमा पुरिएको र उद्धार टोलीले खोजी गरिरहेको दृश्य देखिने उक्त तस्बिर फेसबुक, एक्स (ट्विटर) लगायत विभिन्न सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ । धेरै प्रयोगकर्ताले तस्बिरलाई वास्तविक घटनास्थलकै दृश्य ठानेर शेयर गरिरहेका छन् । तर हालसम्म निर्मल पुर्जाको पार्थिव शरीरको कुनै आधिकारिक वा प्रमाणित तस्बिर सार्वजनिक भएको छैन । त्यसैले सामाजिक सञ्जालमा फैलिएको उक्त तस्बिर वास्तविक घटनासँग सम्बन्धित नभएको पुष्टि भएको हो । प्रविधि विश्लेषणका क्रममा तस्बिरमा एआईद्वारा सिर्जित सामग्रीमा प्रयोग हुने डिजिटल संकेत वाटरमार्क पहिचान भएको जनाइएको छ । यही आधारमा तस्बिर कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट निर्माण गरिएको निष्कर्ष निकालिएको हो । त्यसैले सामाजिक सञ्जालमा फैलिरहेको उक्त तस्बिरलाई वास्तविक ठान्न नहुने विज्ञहरूको सुझाव छ । गत बिहीबारदेखि सम्पर्कविहीन भएका ४३ वर्षीय पुर्जासहित आरोहण दलका १० सदस्यको निधन भएको पुष्टि शनिबार उनको आरोहण कम्पनी एलिट एक्सपिडले आधिकारिक रूपमा गरेको थियो। त्यसपछि उनको निधनसँग जोडेर विभिन्न अपुष्ट सामग्री र तस्बिरहरू सामाजिक सञ्जालमा फैलिन थालेका हुन् । विशेषज्ञहरूले दुःखद घटनासँग सम्बन्धित विषयमा अपुष्ट वा एआईबाट सिर्जित सामग्री शेयर गर्दा भ्रम फैलिन सक्ने भएकाले आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना र तस्बिरलाई मात्र विश्वास गर्न तथा साझा गर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  २०:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP