शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • साउनको तेस्रो सोमबार गलेश्वरधाममा ३ लाख ३३ हजारभन्दा बढी भेटी संकलन
साउनको तेस्रो सोमबार गलेश्वरधाममा ३ लाख ३३ हजारभन्दा बढी भेटी संकलन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, साउन १९, २०८३
4Vk0nd6f
गलेश्वर, साउन १९ गते । म्याग्दीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल गलेश्वरधाममा साउन महिनाको तेस्रो सोमबार भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ । भक्तजनले चढाएको भेटी तथा दानबाट एकै दिन ३ लाख ३३ हजार छ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार संकलित भेटी मंगलबार बिहान कोषका पदाधिकारी, नेपाल प्रहरी, गलेश्वर आमा समूहका प्रतिनिधि तथा स्थानीयवासीको रोहवरमा गणना गरी सार्वजनिक गरिएको हो । कोषका कार्यालय सचिव तेजेन्द्रबहादुर खत्रीका अनुसार संकलित रकममध्ये तिन लाख पाँच हजार ९६१ रुपैयाँ भक्तजनले चढाएको भेटीबाट तथा २७ हजार ४५ रुपैयाँ रसिदमार्फत प्राप्त भएको हो । मन्दिरमा संकलित भेटीको मुचुल्का तयार गरी प्रहरीको सुरक्षामा राखिएको चाबी प्रहरी चौकीबाट ल्याई सबै सरोकारवालाको उपस्थितिमा रकम गणना गरिएको थियो। गणनापछि भेटी रकम सार्वजनिक गरिएको र त्यसपछि प्राप्त हुने छिटफुट भेटी प्रत्येक महिनाको १५ गते सार्वजनिक गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । यस वर्ष साउनमा चार वटा सोमबार परेकाले पहिलो र दोस्रो सोमबार भक्तजनको उपस्थिति अपेक्षाकृत कम रहेता पनि तेस्रो सोमबारदेखि दर्शनार्थीको संख्या उल्लेख्य रूपमा बढेसँगै भेटी संकलनमा पनि वृद्धि भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । कोषका उपाध्यक्ष बमबहादुर पुनले प्रत्येक सोमबार संकलित भेटी अर्को दिन सार्वजनिक गर्ने परम्परा कायम रहेको जानकारी दिँदै धान रोपाइँको व्यस्तता तथा बृहस्पति अस्त (अन्ध) अवधिमा शुभकार्य नगर्ने धार्मिक मान्यताका कारण सुरुका सोमबार भक्तजनको चहलपहल कम भए पनि तेस्रो सोमबार धार्मिक आस्थालुहरूको आगमन उल्लेख्य रूपमा बढेको बताउनुभयो । कालीगण्डकी नदीको किनारमा अवस्थित गलेश्वरधाम नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल शिलामाथि रहेको नेपालको प्रसिद्ध धार्मिकस्थलमध्ये एक हो । मन्दिरभित्र स्वयम्भू ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान रहेको धार्मिक विश्वास छ । मनोकामना पूरा हुने जनविश्वासका कारण मुक्तिनाथ जाने तथा फर्किने हजारौँ भक्तजनले हरेक वर्ष गलेश्वरधाममा दर्शन गर्ने गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  ११:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP