शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गर्बुजा दम्पतीको स्मृतिमा चौतारोमा छाना र रेलिङ निर्माण
गर्बुजा दम्पतीको स्मृतिमा चौतारोमा छाना र रेलिङ निर्माण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन २८, २०८३
Thammaya Garbuja
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाममा स्वर्गीय जमदार बसबहादुर गर्बुजा र उहाँकी धर्मपत्नी स्वर्गीय रन गर्बुजाको स्मृतिमा चौतारोमा छाना तथा रेलिङ निर्माण गरिएको छ  । दग्नामको गहिरिगाउँस्थित साठीकुरिया चौतारोमा निर्माण गरिएको संरचनाको बुधबार आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथि थममाया गर्बुजाले रिबन काटेर उद्घाटन गर्नुभयो  । स्वर्गीय दम्पतीको स्मृतिमा उहाँहरूको परिवारका तर्फबाट थममाया गर्बुजा, छोरा खिमबहादुर गर्बुजा, बुहारी दिलकुमारी गर्बुजा तथा नातिहरू ससिन र सुमिन गर्बुजासहित परिवारको सहयोगमा चौतारोमा छाना र रेलिङ निर्माण गरिएको पारिवारिक स्रोतले जनाएको छ । हाल अमेरिकामा रहेका परिवारका सदस्यहरूको समेत सहयोगमा निर्माण सम्पन्न भएको संरचनाले स्थानीय बासिन्दा तथा यात्रुलाई विश्राम गर्न र घामपानीबाट ओत लाग्न सहज हुने अपेक्षा गरिएको छ  । कार्यक्रममा परिवारका तर्फबाट शिरु गर्बुजाले स्वागत मन्तव्य व्यक्त गर्दै दिवंगत अभिभावकको स्मृतिमा सार्वजनिक उपयोगका लागि संरचना निर्माण गर्न पाउँदा खुसी लागेको बताउनुभयो  । उहाँले परिवारको सहयोग र सद्भावबाट निर्माण भएको चौतारो स्थानीय समुदायका लागि उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो  । जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक गुनबहादुर पुनले चौतारोमा छाना तथा रेलिङ निर्माणले स्थानीय बासिन्दा र यात्रुलाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो  । दिवंगत व्यक्तिको स्मृति सामाजिक कार्यमार्फत जीवन्त राख्ने प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । उहाँले निर्माण कार्यमा सहयोग गर्ने परिवारप्रति धन्यवाद व्यक्त गर्दै हिसाब–किताबसमेत सार्वजनिक गर्नुभएको थियो  । वडा सदस्य राजकुमारी गर्बुजाले सार्वजनिक स्थलको संरक्षण तथा विकासमा समुदायको योगदान महत्वपूर्ण हुने बताउँदै आफ्ना पुर्खाको स्मृतिमा सार्वजनिक संरचना निर्माण गर्नु उदाहरणीय कार्य भएको उल्लेख गर्नुभयो  । कार्यक्रममा दग्नाम पुर्ख्यौली समूहका अध्यक्ष हिमलाल गर्बुजाले चौताराको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्वबारे चर्चा गर्नुभयो । चौतारा परम्परागत रूपमा यात्रु तथा गाउँलेको विश्रामस्थल मात्र नभई भेटघाट, सुखदुःख साटासाट र सामाजिक सम्बन्ध जोड्ने साझा थलोका रूपमा स्थापित रहेको उहाँले बताउनुभयो  । पुराना चौतारा तथा सार्वजनिक संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेका बेला व्यक्तिगत तथा पारिवारिक पहलमा यसको संरक्षण र सुधार गर्नु महत्वपूर्ण कार्य भएको उहाँको भनाइ थियो । दिवंगत अभिभावकको सम्झनामा निर्माण गरिएको संरचनाले उहाँहरूको स्मृतिलाई पुस्तौँसम्म जीवित राख्न सहयोग पुग्ने उहाँले बताउनुभयो  । पुर्ख्यौली समूहका अध्यक्ष हिमलाल गर्बुजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पुर्ख्यौली समूहका मिडिया प्रमुख जीतबहादुर गर्बुजाले गर्नुभएको थियो  ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  ०४:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP