शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पितृको पुण्यतिथिमा बृद्धबृद्धालाई भोजन, गलेश्वरमा लाख बत्ती
पितृको पुण्यतिथिमा बृद्धबृद्धालाई भोजन, गलेश्वरमा लाख बत्ती
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन ३१, २०८३
WhatsApp Image 2026-08-16 at 11.03.25 AM
गलेश्वर । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामका स्वर्गीय पूर्णबहादुर गर्बुजाको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा परिवारले गलेश्वरमा लाख बत्ती प्रज्वलन गर्नुका साथै गलेश्वर ज्येष्ठ नागरिक आश्रममा रहेका वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएका छन् । २०८१ साउन ११ गते स्वर्गारोहण हुनुभएका तत्कालीन प्रधानपञ्च गर्बुजाको स्मृतिमा उहाँकी धर्मपत्नी कलुमाया गर्बुजा, जेठा छोरा जसबहादुर गर्बुजा लगायत परिवारका सदस्यले शनिबार प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा लाख बत्ती प्रज्वलनसहित विशेष पूजाआजा गरेका हुन् । दिवंगत पितृको उद्धार, आत्मशान्ति तथा चिरशान्तिको कामना गर्दै धार्मिक विधिअनुसार लाख बत्ती प्रज्वलन गरिएको परिवारकी बुहारी चन्नी गर्बुजाले बताउनुभयो । उक्त अवसरमा परिवारजनले स्वर्गीय पूर्णबहादुर गर्बुजाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेका थिए । पुण्यतिथिकै अवसरमा गर्बुजा परिवारले गलेश्वर अन्नक्षेत्रमा आश्रय लिइरहेका ज्येष्ठ नागरिकलाई एक दिनको निःशुल्क मिष्ठान्न भोजनसमेत गराएको छ । करिब ३० हजार रुपैयाँ बराबरको भोजनमा खिर, दही, तरकारी, अचारलगायत परिकार समावेश गरिएको थियो । परिवारले आश्रममा रहेका ज्येष्ठ नागरिकलाई फलफूल तथा नगद दक्षिणासमेत प्रदान गरेको जनाएको छ । त्यस्तै, जसबहादुर गर्बुजाकी छोरी पर्वतको जलजला–५, की जनी गर्बुजा पुनले आफ्ना बाजे पूर्णबहादुर गर्बुजाको स्मृतिमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई १० हजार ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । पितृको स्मृतिमा धार्मिक तथा पुण्य कार्य गर्ने परम्पराअनुसार लाख बत्ती प्रज्वलन तथा ज्येष्ठ नागरिकलाई भोजन गराइएको परिवारले जनाएको छ । यस्ता कार्यले दिवंगत पितृप्रति श्रद्धा अर्पण गर्नुका साथै परिवारमा सुख, शान्ति र समृद्धिको कामना गर्ने धार्मिक विश्वास रहेको परिवारजनको भनाइ छ । अन्नक्षेत्रले ज्येष्ठ नागरिक, तीर्थयात्री, विपन्न तथा बेसहारालाई नियमित रूपमा निःशुल्क भोजनको व्यवस्था गर्दै आएको छ । म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करिब ४२ जना ज्येष्ठ नागरिकको गलेश्वर अन्नक्षेत्रले रेखदेख गर्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  ११:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP