शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ज्ञानोदय माविमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, भदौ १, २०८३
whatsapp-image-2026-08-16-at-22-32-30-2

म्याग्दी । रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजको आयोजनामा विद्यालयमा अध्ययरत विद्यार्थी र शिक्षकहरुको लागि एक दिने प्रभावकारी उद्घोषण तथा भाषणकला सम्बन्धि तालिम सम्पन्न भएको हो ।

तालिममा बागलुङ जेसीजका पूर्व अध्यक्ष गणेश महत्तो, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री र म्याग्दी जेसीजका पूर्व अध्यक्ष खम थापा मगरले सहजीकरण गर्नुभएको थियो । तालिममा विद्यालयका विद्यार्थी र शिक्षक समेत गरी ४५ जनाको सहभागीता रहेको थियो । तालिमको उद्घाटन गर्दै म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्रीले ग्रामीण भेगमा रहेका विद्यालयहरुमा उद्घोषण तथा भाषणकलाको क्षमता अभिबृद्धिका लागि म्याग्दी जेसीजले सञ्चालन गरेको तालिम प्रभाबकारी हुने बताउनुभयो । कार्यक्रममा ज्ञानोदय माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल खत्री र प्रधानध्यापक अर्जुन शर्माले विद्यार्थी र शिक्षकहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा प्रभावकारी हुने उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम सञ्चालन गरेकोमा म्याग्दी जेसीजलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश कुमार विश्वकर्माले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै जिल्लाको पर्यटन प्रवद्र्धन, खेलकुदको विकास, संस्कृतिको संरक्षण तथा सामाजिक कार्यहरुमा म्याग्दी जेसीजले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो । शाखा अध्यक्ष विश्वकर्माको अध्यक्षता, पूर्व अध्यक्ष विरेन्द्र श्रेष्ठ, सहभागी शिक्षक दुर्गादत्त रिजाल , सहभागी विद्यार्थी रश्चना शाहीको मन्तव्य रहेको कार्यक्रमको सञ्चालन म्याग्दी जेसीजका तालिम संयोजक सिर्जना थापाले गर्नुभएको म्याग्दी जेसीजका महासचिब गोकुल सुनारले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १०:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP