शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ५८ वर्षपछि भारतमा भेटिए दग्नामका यामबहादुर तिलिजा
५८ वर्षपछि भारतमा भेटिए दग्नामका यामबहादुर तिलिजा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ ५, २०८३
Yam

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामबाट करिब ५८ वर्षअघि सम्पर्कविहीन हुनुभएका ८१ वर्षीय यामबहादुर तिलिजा भारतको मणिपुर राज्यमा भेटिनुभएको छ । लामो समयदेखि परिवारको सम्पर्कबाट टाढा रहनुभएका तिलिजालाई मणिपुरको सेनापति जिल्लास्थित बिन्द्रामाई गाउँबाट करिब पाँच किलोमिटर टाढा घना जंगलभित्र रहेको एउटा छाप्रोमा बसिरहेको अवस्थामा फेला पारिएको हो । तिलिजा दग्नाम गाउँ पञ्चायतका तत्कालीन सचिव स्वर्गीय उज्जरसिङ तिलिजा र मनमती तिलिजाका जेठा छोरा हुनुहुन्छ।

आइजिभी अनलाइन टेलिभिजनका सञ्चालक तथा नेपाली मूलका पत्रकार मनि तामाङले जंगल क्षेत्रमा तिलिजालाई भेट्नुभएको थियो । उहाँसँगै रहेका युट्युब क्रियटर खेम देवानले तिलिजाको अवस्था र भेटको भिडियो आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेपछि दग्नाममा रहेका आफन्त तथा परिवारजनले भिडियो हेरेर उहाँ आफ्नै परिवारका सदस्य भएको पहिचान गरेका हुन् । पाँच दशकसम्म परिवारबाट टाढा रहनुभएका तिलिजा जंगलको एकान्तमा सामान्य छाप्रोमा बसिरहेको भिडियो सार्वजनिक भएपछि दग्नामका आफन्त र परिवारजनमा आश्चर्यसँगै खुसी छाएको छ । वर्षौंअघि हराउनुभएका परिवारका सदस्य जीवितै रहेको खबर पाएपछि परिवारमा आशा र भावुकता एकसाथ जागेको छ । भिडियो सार्वजनिक भएपछि परिवारले तिलिजालाई भेटेर घर फर्काउने तयारी थालेको आफन्त मोहन तिलिजाले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयपछि आफ्ना प्रियजनसँग पुनर्मिलन हुने आशाले परिवार उत्साहित बनेको छ । यद्यपि, तिलिजा पाँच दशकअघि कसरी मणिपुर पुग्नुभयो र उहाँको जीवन यति लामो समयसम्म कहाँ र कसरी बित्यो भन्ने विषय भने अझै स्पष्ट हुन सकेको छैन । परिवारसँग पुनर्मिलन भएपछि उहाँको पाँच दशक लामो जीवनयात्राबारे थप विवरण खुल्ने अपेक्षा गरिएको छ । पाँच दशकअघि हराएको मान्छेको खबर मात्र होइन, वर्षौंअघि टुटेको पारिवारिक सम्बन्ध फेरि जोडिने आशा बोकेर आएको त्यो भिडियो अहिले दग्नामको एउटा परिवारका लागि भावुक सम्झना र खुसीको माध्यम बनेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३  १९:०४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP