शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जनता मावि दग्नाममा हस्तलेखन सुधार कार्यक्रम सम्पन्न
जनता मावि दग्नाममा हस्तलेखन सुधार कार्यक्रम सम्पन्न
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, भदौ ६, २०८३
j5
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामस्थित जनता माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षकको लेखन सीप, सिर्जनात्मकता र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘हस्तलेखन सुधार कार्यक्रम–२०८३’ शनिबार सम्पन्न भएको छ । विद्यालयको आयोजना तथा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, शिक्षक र कर्मचारीको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रममा पोखरास्थित कस्मोस एजुकेशनल ट्रेनिङ सेन्टरले प्राविधिक सहयोग गरेको विद्यालयले जनाएको छ । भदौ १ गतेदेखि ६ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रम विद्यार्थीको अक्षरलाई व्यवस्थित, स्पष्ट, आकर्षक र पढ्नयोग्य बनाउँदै लेखनप्रति रुचि विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । हस्तलेखनमा शुद्धता, सौन्दर्य र अनुशासन विकास गर्नुका साथै नियमित अभ्यास गर्ने बानीको विकास गराउने लक्ष्यसमेत कार्यक्रमले लिएको आयोजकले जनाएको छ । विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकाससँगै शैक्षिक तथा व्यावहारिक क्षमता अभिवृद्धिमा जोड दिँदै आएको छ । सोही अभियानअन्तर्गत सञ्चालन गरिएको हस्तलेखन सुधार कार्यक्रमले विद्यार्थीको आत्मविश्वास, सिर्जनात्मकता र सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ । प्रशिक्षणका क्रममा उत्कृष्ट हस्तलेखन प्रदर्शन गर्ने ६ जना विद्यार्थी र ४ जना शिक्षकलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमका मुख्य प्रशिक्षक सुरेश विश्वकर्माका साथै विकास शाह र देवेन्द्र शाहले प्रशिक्षण तथा सहजीकरण गरेका थिए । समापन कार्यक्रममा मुख्य प्रशिक्षक विश्वकर्माले प्रशिक्षणका क्रममा हासिल भएका उपलब्धि तथा हस्तलेखन सुधारको महत्वबारे मन्तव्य व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष एकबहादुर गर्बुजा र शिक्षक–अभिभावक संघका अध्यक्ष चित्रकुमार थापाले विद्यार्थीको शैक्षिक विकासमा शिक्षक, अभिभावक र स्वयं विद्यार्थीको भूमिकाबारे धारणा राखेका थिए । कार्यक्रममा ८८ जना विद्यार्थी र १५ जना शिक्षक सहभागी भएका थिए । समापनका अवसरमा विद्यालयले आगामी दिनमा पनि यस्ता शैक्षिक तथा प्रशिक्षणमूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर गर्बुजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक गुनबहादुर पुनले गर्नु भएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  २२:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP