शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • फेदीमा ढुंगा खसेर एक बालक घाइते, दुई घरमा क्षति
फेदीमा ढुंगा खसेर एक बालक घाइते, दुई घरमा क्षति
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ १४, २०८३
784251925_4608968572666693_3514703125966145527_n
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ फेदीमा पाखोबाट खसेको ढुंगाले दुई घरमा क्षति पुर्‍याउनुका साथै एक बालकलाई घाइते बनाएको छ । शनिबार साँझ बस्तीतर्फ खसेको ढुंगाले स्थानीय रामबहादुर घर्ती र चनमाया श्रेष्ठको घरमा क्षति पुगेको हो । चनमाया श्रेष्ठको घरमा बस्दै आएका शिव भण्डारीका १० वर्षीय छोरा सिजन भण्डारी घाइते भएको स्थानीय गोपालप्रसाद रेग्मीले जानकारी दिनुभयो । सिजन जनप्रिय माध्यमिक विद्यालय, दरबाङमा कक्षा ४ मा अध्ययनरत छन् । घाइते सिजनको दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था सामान्य रहेको र खतरा नरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सीनाले जानकारी दिनुभयो । पाखोबाट खसेको ठूलो ढुंगाका कारण घरको छानोसमेत भत्किएको छ । घटनापछि सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै स्थानीयले बस्ती नै खाली गरेका छन् । फेदीका स्थानीय रिमप्रकाश थापाका अनुसार रातको समयमा थप ढुंगा तथा पहिरो खस्न सक्ने जोखिम रहेकाले फेदीका सात घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरूलाई तल्लो फेदी बस्तीमा राखिएको छ । यसैबीच, फेदीमा रहेको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको क्याम्पसमेत खाली गरिएको छ । क्याम्पमा रहेका मजदुरलाई सुरक्षित स्थानका लागि दरवाङ पठाइएको छ । म्याग्दी र दाङखोलाको किनार तथा भिरालो पहाडको फेदीमा बस्ती रहेकाले वर्षायाममा यहाँ पहिरो तथा ढुंगा खस्ने जोखिम उच्च हुने गरेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३  ०९:०८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP