शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दग्नाम र दर्मिजाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
दग्नाम र दर्मिजाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ १७, २०८३
Janata
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम र सोही गाउँपालिका दर्मिजाका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । दग्नाम वैदेशिक सहयोग समिति बहराइनको आर्थिक सहयोगमा प्रकाशित साहित्यकार गुन पुन ‘गुञ्जन’को मुक्तक संग्रह ‘प्रेम र आँसु’ बिक्रीबाट प्राप्त रकमले ६६ जना विद्यार्थीलाई करिब १० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको हो । सोमबार जनता माध्यमिक विद्यालय दग्नामका ३९ जना र शिव आधारभूत विद्यालय दर्मिजाका २७ जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा साहित्यकार गुनबहादुर पुनले जानकारी दिनुभयो । विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै कार्यक्रमकी प्रमुख अतिथि कुमारी गर्बुजाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई गरिने सहयोगले उनीहरूको अध्ययनलाई निरन्तरता दिन तथा शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले विद्यालय तहबाटै विद्यार्थीलाई नैतिक शिक्षा दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । आर्थिक अभावका कारण पढाइमा समस्या भोगिरहेका बालबालिकालाई सहयोग पु¥याउने तथा विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको साहित्यकार पुनले बताउनुभयो । उहाँले विद्यार्थीको शैक्षिक स्तर उकास्न शिक्षकले विद्यार्थीप्रति गर्ने व्यवहारमा समेत सुधार आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साहित्यकार पुनद्वारा लिखित ‘प्रेम र आँसु’ मुक्तक संग्रह विसं २०८१ फागुन २ गते विमोचन गरिएको थियो । उक्त संग्रहमा सुख–दुःख, यथार्थ अनुभूति, मातृप्रेम, मानवीय संवेदना तथा जीवनका आरोह–अवरोहलाई मुक्तकमार्फत प्रस्तुत गरिएको छ । पेसाले निमावि तहका शिक्षकसमेत रहनुभएका पुन विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्छ । ‘प्रेम र आँसु’ उहाँको चौथो प्रकाशित कृति हो । यसअघि उहाँका ‘गजल गाथा’ (गजल संग्रह, २०६२), ‘याद बाँकी छ’ (गजल संग्रह, २०७१) र ‘ढिकिबोटे थाने पुन खलक’ (खोज, २०८१) प्रकाशित भइसकेका छन् । उहाँका ‘जीवनको अन्तिम प्रहर’ (कविता संग्रह), ‘दबिएको आवाज’ (उपन्यास), ‘समय फेरिएछ’ (गजल संग्रह) र ‘मनभित्रको नियात्रा’ लगायतका कृति प्रकाशोन्मुख छन् । जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर गर्बुजाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक खड्क गर्बुजा र लक्ष्मी पाइजाले गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य चित्रबहादुर गर्बुजा, शिव आधारभूत विद्यालयका प्रधानाध्यापक सविन थापा, समाजसेवी मिलन गर्बुजा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १०:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP