शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बाढीपीडितका लागि बेल्जियमका नेपाली संस्थाबाट चार लाख सहयोग
बाढीपीडितका लागि बेल्जियमका नेपाली संस्थाबाट चार लाख सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ १७, २०८३
Belgium2
बेल्जियम । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बेल्जियममा रहेका नेपाली संघसंस्थाले चार लाख रुपैयाँ सहयोग गरेका छन् । मोना बेल्जियम, ठकुरी समाज बेल्जियम र राखु समाज बेल्जियमले छुट्टाछुट्टै रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको मोना बेल्जियमका पूर्वअध्यक्ष घनश्याम शाहीले जानकारी दिनुभयो । म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमका अध्यक्ष ज्ञान बहादुर रकालको संयोजकत्वमा दुई लाख रुपैयाँ, ठकुरी समाजका अध्यक्ष सुज्जन मल्लको संयोजकत्वमा एक लाख रुपैयाँ र राखु समाजकी अध्यक्ष शोभा शाहीको संयोजकत्वमा एक लाख रुपैयाँ संकलन गरिएको हो । राखु समाजले यस वर्षको तीज कार्यक्रमसमेत रद्द गरी त्यसका लागि छुट्याइएको रकम बाढीपीडितको सहयोगमा प्रयोग गरेको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उद्धार तथा उपचार र प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सबै पक्षले सहयोग र सहकार्य गर्नुपर्ने बताउनुभयो । बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीलगायतका जिल्लामा पुगेको क्षति समग्र नेपालीको साझा पीडा भएको मोना बेल्जियमका पूर्वअध्यक्ष समेत रहेका शाहीले बताउनुभयो । विपत्तिको समयमा विदेशमा रहेका नेपाली समुदायले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । यही भदौ १० गते बिहान चीनको तिब्बततर्फबाट आएको आकस्मिक भिषण बाढीका कारण रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको थियो । बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत परेको छ भने बाढीमा बगेका शव तथा मानव अङ्गसमेत विभिन्न स्थानमा फेला परिरहेका छन् । बाढीबाट प्रभावित नागरिकको तत्कालीन राहतसँगै उद्धार, उपचार र दीर्घकालीन पुनर्स्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै बेल्जियममा रहेका नेपाली संघसंस्थाले आफ्नो तर्फबाट सहयोग गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १८:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP