शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बाढीपीडितका लागि गलेश्वरवासीद्वारा दुई लाख बढी सहयोग
बाढीपीडितका लागि गलेश्वरवासीद्वारा दुई लाख बढी सहयोग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, भदौ १७, २०८३
GB2
गलेश्वर, भदौ १७ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि बेनी नगरपालिका–९, गलेश्वरका स्थानीयवासीले २ लाख ७ हजार ६ सय ३५ रुपैयाँ सहयोग गरेका छन् । गलेश्वर क्षेत्रका विभिन्न संघसंस्था तथा स्थानीयवासीबाट संकलित उक्त रकम मंगलबार प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको सहयोगका लागि गलेश्वरवासीले स्वतःस्फूर्त रूपमा राहत रकम संकलन गरेका हुन् । विपद्को कठिन समयमा प्रभावित परिवारलाई केही राहत र सहयोग पुगोस् भन्ने उद्देश्यले गलेश्वरवासीको आपसी सहकार्यमा रकम संकलन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार अधिकांशले क्यूआरमार्फत सहयोग गरे पनि प्रविधिको पहुँच र ज्ञान नभएका व्यक्तिलाई समेत अभियानमा सहभागी गराउन घरदैलो अभियान सञ्चालन गरिएको थियो । विपद्को समयमा सञ्चालन गरिएको यस अभियानले स्थानीय समुदायबीचको मानवीय सहयोग र सामाजिक एकतालाई थप बलियो बनाएको उपाध्यक्ष पुनले बताउनुभयो । राहत संकलन अभियानमा गलेश्वर आदर्श आवासीय माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी, युवा रेडक्रस गलेश्वर, गलेश्वर शिव युवा क्लब, गलेश्वरधाम आमा समूह, गलेश्वर टोल सुधार समिति, गलेश्वर फुटसल समूहलगायत विभिन्न संघसंस्था तथा समाजसेवीहरूको सहभागिता रहेको थियो । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने अभियानमा गलेश्वरवासीसँगै विभिन्न क्षेत्रका व्यक्ति तथा संघसंस्थाले समेत सहयोग गर्दै आएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  २१:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP