शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार
बाढीको १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, भदौ १९, २०८३
Sanjay Moharjan
काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनालाई १० दिनपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले शुक्रबार बिहान जीवितै उद्धार गरेको छ । उद्धार हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ का ३० वर्षीय सञ्जय साह र काठमाडौंको बालकुमारीका ४५ वर्षीय कविर महर्जन रहेका छन् । साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार शुक्रबार बिहान ९ः२० बजेसम्म दुवै जनालाई सुरुङबाट बाहिर निकालिएको हो । उद्धारपछि उनीहरूलाई घटनास्थलमै प्राथमिक उपचार गरी नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । उद्धार गरिएका साहले सैनिक अधिकारीसँगको कुराकानीमा बाढी आएपछि सुरुङभित्र रहेका अन्य व्यक्तिलाई सुरक्षित रूपमा बाहिर निकाल्न प्राथमिकता दिँदा आफू अन्तिममा फसेको बताउनुभएको छ । सबैलाई बाहिर पठाउने क्रममा समय बितेकाले आफू सुरुङबाट बाहिर निस्कन नसकेको उहाँले बताउनुभएको छ । सुरुङभित्र फसेपछि महामन्त्र जप्दै बसेको बताउनुभएका साहले अझै केही व्यक्ति सुरुङभित्र फसेको हुन सक्ने जानकारी दिनुभएको छ । महर्जनको अवस्था भने जटिल रहेको जनाइएको छ । उहाँलाई काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा भर्ना गरी सघन उपचार भइरहेको छ । सञ्जय साहको अवस्था भने सामान्य रहेको छ । यही भदौ १० गते बिहान तिब्बततर्फबाट आएको भीषण बाढीका कारण आयोजनाको सुरुङमा काम गरिरहेका केही व्यक्ति फसेका थिए । उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो । दुई जनाको जीवित उद्धार भए पनि सुरुङभित्र अझै कोही फसेका छन् कि छैनन् भन्ने यकिन गर्न खोजी तथा उद्धार कार्य जारी रहेको छ । स्रोतः नेपाल आर्मी
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १५:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP