शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रघुगंगा गाउँपालिका भलिबल संघको अध्यक्षमा सरोज कुमार मल्ल
रघुगंगा गाउँपालिका भलिबल संघको अध्यक्षमा सरोज कुमार मल्ल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, भदौ २१, २०८३
798786601_4154484584686828_6895739971746261484_n

म्याग्दी । रघुगंगा गाउँपालिका भलिबल संघको दोस्रो अधिवेशनबाट पूर्वभलिबल खेलाडी सरोज कुमार मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । अधिवेशनले संघको उपाध्यक्षमा भीम थापा, सचिवमा अशोक खत्री र कोषाध्यक्षमा खिमा छन्त्याललाई चयन गरेको छ ।

तेस्तै सदस्यमा भगवान खत्री, दिलमाया गोतामे र दुर्गा छन्त्याल चयन भएका छन् । अशोक कुमार शाही र गंगा तिलिजालाई सल्लाहकारको जिम्मेवारी दिइएको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ क्षेत्रीले जानकारी दिनुभयो ।

नवनिर्वाचित कार्यसमितिले रघुगंगा क्षेत्रमा भलिबल खेलको विकास, विस्तार र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने जनाएको छ । स्थानीयस्तरमा प्रतिभावान खेलाडीको पहिचान तथा उत्पादन, नियमित प्रशिक्षण, प्रतियोगिता आयोजना र खेलाडीलाई आवश्यक अवसर सिर्जना गर्ने योजना संघको छ ।

त्यसैगरी, म्याग्दी भलिबल कभर्डहल निर्माणका लागि आवश्यक जग्गा खरिद अभियानलाई प्रभावकारी बनाउँदै सफल बनाउने विषयलाई पनि नयाँ कार्यसमितिले प्राथमिकतामा राखेको छ ।

जिल्ला भलिबल संघका अध्यक्ष बानियाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै कभर्डहल निर्माणका लागि जग्गा खरिद अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्नुभयो । जिल्लामा भलिबल खेलको व्यवस्थित विकासका लागि आफ्नै कभर्डहल आवश्यक रहेकाले अभियान सफल बनाउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

पूर्वभलिबल खेलाडीसमेत रहेका अध्यक्ष मल्लले रघुगंगाबाट जिल्लास्तर हुँदै प्रदेश तथा राष्ट्रियस्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ काम गर्ने बताउनुभयो । खेलकुदलाई स्वस्थ जीवनशैली, अनुशासन र सामाजिक एकताको माध्यमका रूपमा विकास गर्दै नियमित प्रशिक्षण तथा प्रतियोगितामार्फत खेलाडीको क्षमता अभिवृद्धि गरिने उहाँको भनाइ छ । स्रोतः तेजेन्द्र बानियाँ  


प्रकाशित मिति: आइतबार, भदौ २१, २०८३  १९:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP