शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • दरबाङमा एचपीभी खोप कार्यक्रमका लागि योजना तर्जुमा गोष्ठी
दरबाङमा एचपीभी खोप कार्यक्रमका लागि योजना तर्जुमा गोष्ठी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज २, २०८३
ChatGPT Image Sep 18, 2026, 08_49_19 PM

म्याग्दी । पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणका लागि मालिका गाउँपालिकामा एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप कार्यक्रम सञ्चालनको तयारी तीव्र पारिएको छ । नियमित खोप कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले शुक्रबार दरबाङ आधारभूत अस्पतालको आयोजनामा वडा स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।

दरबाङस्थित हिमाल होटलको सभा हलमा सम्पन्न गोष्ठीमा एचपीभी संक्रमण, यसको जोखिम, खोपको महत्व तथा लक्षित समूहसम्म खोप सेवा पुर्‍याउने उपायबारे छलफल गरिएको थियो ।

गोष्ठीमा दरबाङ आधारभूत अस्पतालका जनस्वास्थ्य निरीक्षक यमन नेपालीले एचपीभी भाइरस, संक्रमणका माध्यम, खोपको प्रभावकारिता तथा खोप कार्यक्रम सञ्चालनको प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । एचपीभी संक्रमणबाट हुने पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन खोप महत्वपूर्ण रोकथामका उपायमध्ये एक भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा लक्षित बालिकाको पहिचान, खोप केन्द्र व्यवस्थापन, स्वास्थ्यकर्मी तथा विद्यालयको भूमिका, अभिभावक र समुदायमा सूचना प्रवाह तथा खोप अभियानमा आवश्यक समन्वयलगायत विषयमा छलफल भएको थियो । विद्यालय तथा समुदायस्तरमा एचपीभी खोपबारे पर्याप्त जानकारी पुर्‍याएर लक्षित बालिकालाई सहज र सुरक्षित रूपमा खोप लगाउने वातावरण बनाउनुपर्नेमा जोड दिइएको थियो ।

गोष्ठीले गाउँपालिकाका विभिन्न विद्यालय तथा स्वास्थ्य संस्थामा एचपीभी खोप सेसन सञ्चालन गर्ने तालिकासमेत तय गरेको छ । तालिकाअनुसार असोज ५ गते मालिका आधारभूत विद्यालय, दुःखुका लागि दुःखु सामुदायिक स्वास्थ्य इकाईमा तथा असोज ६ गते भगवती आधारभूत विद्यालय, दिच्यामका लागि दिच्याम सामुदायिक स्वास्थ्य इकाईमा खोप सञ्चालन हुने छ ।

त्यस्तै, असोज ८ गते जनप्रिय माध्यमिक विद्यालय, छ्यारछ्यारे, असोज ९ गते केबी बोर्डिङ स्कुल, असोज १२ गते दरबाङ इङ्लिस बोर्डिङ स्कुल र असोज १३ गते फ्युचर स्टार मन्टेसरीमा खोप सेसन सञ्चालन गर्ने योजना बनाइएको छ ।

एचपीभीका उच्च जोखिमयुक्त प्रकारमध्ये १६ र १८ को संक्रमण पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित रहेको चिकित्सकीय तथ्य छ । एचपीभीविरुद्धको खोपले संक्रमण तथा त्यससँग सम्बन्धित क्यान्सरको जोखिम घटाउन मद्दत गर्ने भएकाले लक्षित समूहमा खोपको पहुँच बढाउन नियमित खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

मालिका गाउँपालिकाकी वडा सचिव विष्णुमाया आचार्यको अध्यक्षतामा भएको गोष्ठीमा स्वास्थ्यकर्मी, शिक्षक तथा सम्बन्धित सरोकारवालाको सहभागिता थियो ।


प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १९:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP