शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा जिल्लास्तरीय पढाइ सीप प्रतियोगिता
म्याग्दीमा जिल्लास्तरीय पढाइ सीप प्रतियोगिता
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असोज २, २०८३
IMG_E8013
म्याग्दी । नेपाली भाषा शुद्ध, स्पष्ट र प्रभावकारी रूपमा पढ्ने सीप विकास गर्ने उद्देश्यले म्याग्दीमा जिल्लास्तरीय पढाइ सीप प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ, म्याग्दीको आयोजनामा भएको प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका २८ विद्यार्थी सहभागी भएका थिए । विद्यार्थीको पठन सीपलाई प्रारम्भिक तहदेखि नै सुधार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । माथिल्ला कक्षामा पुगेपछि पनि नेपाली भाषाका पाठ तथा पाठ्यसामग्री शुद्ध र स्पष्ट रूपमा पढ्न नसक्ने समस्या देखिने भएकाले आधारभूत तहदेखि नै पठन सीप विकासमा जोड दिइएको हो । प्रतियोगितामा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी सहभागी भएका थिए । विद्यालयस्तरीय प्रतियोगिताबाट छनोट भएका विद्यार्थीलाई पालिका र पालिकाबाट छनोट भएकालाई जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराइएको थियो । उत्कृष्ट पठन सीप भएका विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै अन्य विद्यार्थीलाई पनि पठन सीप विकासका लागि प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । कक्षा १ तर्फ अन्नपूर्ण गाउँपालिकास्थित सर्वोदय माध्यमिक विद्यालयकी सुप्रिना सुनार प्रथम, धवलागिरी गाउँपालिकाकी सेजा थापा दोस्रो र बेनी नगरपालिकास्थित बेनी सामुदायिक माध्यमिक विद्यालयका उत्सव सापकोटा तेस्रो भएका छन् । कक्षा २ मा बेनी नगरपालिकास्थित लिटल गार्डेन एकेडेमीकी सभ्यता भण्डारी प्रथम, मंगला गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयका अजन घर्ती दोस्रो र मालिका गाउँपालिकास्थित रुम इङ्लिस बोर्डिङ स्कुलकी सीमा सेन्चुरी तेस्रो भएका छन् । कक्षा ३ तर्फ लिटल गार्डेन एकेडेमीकी जेनिसा कुँवर प्रथम, मालिका गाउँपालिकास्थित मालिका आधारभूत विद्यालयका प्रिन्स रोका दोस्रो र सोही विद्यालयका निरोज छन्त्याल तेस्रो स्थान प्राप्त गरेका छन् । त्यस्तै, कक्षा ४ मा धवलागिरी गाउँपालिका–७, ताकमस्थित धवलागिरी एकेडेमीकी आरोही गुरुङ प्रथम, लिटल गार्डेन एकेडेमीका साहित्य रेग्मी दोस्रो र मालिका गाउँपालिकास्थित देउराली माध्यमिक विद्यालयका विद्यार्थी तेस्रो भएका छन् । कक्षा ५ तर्फ बेनी नगरपालिकास्थित माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालयकी अनिस्का विक प्रथम, रघुगंगा गाउँपालिकास्थित मालिका आधारभूत विद्यालयका योगेश पुन दोस्रो र धवलागिरी गाउँपालिका–४, सिवाङस्थित हेम माध्यमिक विद्यालयका आविष्कार सुवेदी तेस्रो भएका छन् । जिसस कार्यवाहक प्रमुख दिलकुमारी खत्री, बेनी नगरपालिका मेयर सुरत केसी र उपमेयर ज्योति लामिछानेले प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिताले विद्यार्थीको पठन सीपसँगै आत्मविश्वास बढाउन र प्रतिभा प्रस्फुटनमा समेत सहयोग पुर्‍याउने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाईंले बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारलाई दिगो बनाउन यस्ता कार्यक्रमलाई व्यावहारिक सिकाइसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  २२:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP