शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मुक्तिमार्ग माविलाई
गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मुक्तिमार्ग माविलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन ६, २०७६
received_574973083361642

सुरेन गुरुङ
शिख,मंगलबार फागुन ०६ गते।
म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा गाउँपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी मुक्तिमार्ग माविले जितेको छ । शिख माविको व्यवस्थापन र गाउँपालिकाको आयोजनामा सोमबार गाउँपालिका-६ शिखमा सम्पन्न प्रतियोगितामा ९ स्वर्ण ,४रजत र ३कास्य हात पार्दै उपाधी जित्न सफल भएको हो । ६ स्वर्ण ,५ रजत र ५कास्य प्राप्त गरेको प्रभा माबी द्वितीय भएको छ भने ५ स्वर्ण ,४रजत र २कास्य प्राप्त   गरेको तिकोट माबिले तृतीय स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

यसैगरी शिख माबिले ४ स्वर्ण ,७ रजत ४ कास्य ,ज्ञानप्रकाश माबिले ३ स्वर्ण ,३ रजत र ४ कास्य ,आदर्श माबिले १ स्वर्ण ,२ रजत र २ कास्य ,हिमान्चल माबिले १ स्वर्ण  र ४ कास्य ,सर्बोदय माबिले ३ रजत र २ कास्य ,कैलाश माबिले २ रजत र २ कास्य खिबाङ आधारभुट बिद्यालयले १ स्वर्ण तथा पाउद्वार माबिले १ कास्य हात पारेको गाउँपालिका शिक्षा संयोजक भरत पुनले जानकारी दिनुभयो ।

उपाधी संगै बिजेता मुक्तिमार्गले  विद्यालयले ५० हजार रुपैयाँ रनिङ्ग शिल्ड ,ट्रफि ,मेडल र प्रमाणपत्र ,उपविजेता प्रभा माबिले ३० हजार रुपैयाँ ट्रफी ,मेडल र प्रमाणपत्र तथा तृतिय तिकोट माबिले विद्यालयले २५ हजार रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र पाउने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।५ गतेसम्म संचालन भएको प्रतियोगितामा आठ वटै वडा भित्रका एक (१–८) आधारभुत र १० मावि तह विद्यालयले प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितामा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बिजेता तथा उपबिजेताहरुलाई पुरस्कार बितरण गर्नुभएको थियो । अध्यक्ष क्याप्टेन  गर्बुजा पुनले बधाई तथा शुभकामना दिनुहुँदै प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको प्रतिभा उजागर गर्नुका साथै उनिहरुलाई अनुशासित र एकआपसमा भाइचाराको सम्बन्ध स्थापित गर्नमा सहयोग पुगेको बिश्वास व्यक्त गर्नुभयो ।

 ‘ग्रामिण भेगका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा रहेको प्रतिभा उजागर,उनिहरुलाई अनुशासित बनाउन ,आन्तरिक पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्न सफल भएको बिश्वास गरेको छु, अध्यक्ष क्याप्टेन गर्बुजा पुन मगरले भन्नुभयो ।बिजेता तथा उपबिजेताहरुलाई अध्यक्ष क्याप्टेन गर्बुजा पुन ,उपाध्यक्ष केशमाया मगर र प्रमुख प्रशासकीय अधिकृत सुवेदी लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

प्रतियोगितामा छात्र÷छात्रा भलिबल तथा छात्र÷छात्रा कपर्डी तथा एथलेटिक्स विद्याका गरि ३० इभेण्टका खेलहरु समावेश  गरिएको थियो । गत बर्षको प्रथम रास्ट्रपती शिल्ड प्रभा माबिले जितेको थियो ।


प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १६:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP