शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • चौथो दिदीबहिनी कपको उपाधी शसस्त्रलाई
चौथो दिदीबहिनी कपको उपाधी शसस्त्रलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन ११, २०७६
Women-Vallyball-Best-Award-Sarasoti-Chaudari

सरस्वति चौधरी उत्कृष्ट खेलाडी

बेनि ,आइतबार फागुन ११ गते ।‘चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता’मा विभागीय टिम शसस्त्र प्रहरी (एपिएफ) बिजयी भएको छ ।

जलजला गाउपालिका–३ बेनीमा शनिबार सम्पन्न फाइनलमा अर्को विभागीय टिम नेपाल पुलीसलाई पराजित गर्दै एपिएफ च्यापियन भएको हो । यसअघिको दोस्रो र तेस्रो दिदीबहिनी कपको उपाधि पनि शसस्त्रले जितेको थियो । नेपाल पुलिस क्लवलाई एक का विरुद्ध तीन सेटले पराजित गर्दै शसस्त्रले उपाधी जितेको हो ।

पहिलो सेटमा १५ का विरुद्ध २५ अंकले एपिएफलाई पराजित गरेको पुलीसको टोली दोस्रो, तेस्रो र चौथो सेट लगातार एपिएफसंग पराजित भयो । पुलीसलाई १८, २१ र १२ का विरुद्ध २५ अंकले एपिएफले जित निकालेको हो ।

एपिएफलाई जिताउन उत्कृष्ट खेल प्रर्दशन गरेकी स्पाइकर सरस्वती चौधरीले उत्कृष्ट खेलाडीको उपाधि सहित नगद दश हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । यसैगरी विभागीय टोली नेपाल आर्मीलाई सोझो तीन सेटमा पराजित गर्दै होङग्वान्जी न्यु डायमण्डले तेस्रो स्थान हात पारेको छ ।

२३, २१ र २२ का विरुद्ध २५ अंकले आर्मीलाई डायमण्डले पराजित गरेको हो । डायमण्डको टोलीमा महिला भलिबलको राष्ट्रिय टोलीको कप्तान अरुणा शाही पनि सहभागि हुनुभएको थियो । आयोजक रेडियो दिदीबहिनी सहित पाँच टिमले सहभागिता जनाएको प्रतियोगिता फागुन ६ गते राष्ट्रिय खेलकुद विकास परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्नुभएको थियो ।

महिलाहरुद्धारा कुश्मामा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तेहौ गण्डकी प्रदेश स्तरीय महिला महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगिताको बिजेता, उपबिजेता र तेस्रोले क्रमश दुई लाख, एक लाख र पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको रेडियो दिदीबिहिनीका अध्यक्ष कल्पना चापागाईले बताउनुभयो ।

प्रथम पुरस्कारको प्रायोजन जलजला गाउपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गर्नुभएको थियो । न्यु डायमण्डकी पनामिका राईले सर्भर, नेपाल पुलिसकी कमला पुनले सेटर, नेपाल पुलिसकै कोपिला रानाले ब्लकर, न्यु डायमण्डकी एलिना श्रेष्ठले डिफेण्डर र एपिएफकी निरुता ठगुल्नाले स्पाइकर बिधामा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

शसस्त्रका महेश चौधरी उत्कृष्ट प्रशिक्षक बन्नुभयोे । उनिहरुले नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । लिग कम नक आउट सिस्टममा खेलाइएको थियो । शुक्रबार हुने भनिएको फाइनल बर्षाका कारण शनिबार सरेको थियो ।

जलजला गाउपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), रेडियोकी अध्यक्ष कल्पना चापागाई, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेल, तृतीय पुरस्कार प्रायोजक बलराम श्रेष्ठ, नेकपा जलजलाका संयोजक दिपक आचार्यले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

सो अवसरमा महिला भलिबलकी राष्ट्रिय खेलाडी हिरा क्षेत्रीलाई जिल्ला भलिबल संघ पर्वतका अध्यक्ष बेलबहादुर कार्कीले दश हजार र जलजला गाउपालिकाका अध्यक्ष मल्लले पाँच हजार रुपैयाँ सहित सम्मान गर्नुभएको थियो ।


प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ०९:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP