शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नेपाल हङकङसँग ४३ रनले पराजित
नेपाल हङकङसँग ४३ रनले पराजित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन १८, २०७६
nepal

काठमाण्डौ ,आइतबार फागुन १८ गते । एसीसी टी–२० पूर्वी क्षेत्रीयमा नेपाललले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो ।

हङकङसँगको हारपछि नेपालको शीर्ष दुईमा रहने सम्भावना निकै कमजोर बनेको छ । विश्व वरीयतामा नेपालभन्दा तल रहेको हङकङसँगको हारमा नेपालको ब्याटिङ नै मुख्य कारण बन्यो ।

हङकङले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपाल १८ दशमलव १ ओभरमा एक सय ११ रनमा अलआउट भयो ।

सुरुवात राम्रो गरेको नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो । ओपनर ज्ञानेन्द्र मल्ल र कुशल मल्लले पहिलो विकेटका लागि राम्रो साझेदारी गरेका थिए । कुशलले १९ रन बनाए । त्यसपछि क्रिजमा आएका पारस खड्का मात्र चार रनमा पेभेलियन फर्किँदा उपकप्तान दिपेन्द्रसिंह ऐरी पनि पाँच रनमा आउट भए । त्यसपछि पवन शर्राफ एक रनमा पेभेलियन फर्किँदा नेपालले ७१ रनमा चार विकेट गुमायो ।

नेपालको मध्यक्रमका खेलाडी हङकङका बलरसामु धेरै बेर क्रिजमा टिक्न सकेनन् । विनोद भण्डारी पाँच रनमा आउट हुँदा नेपालको स्कोर ७९ रन थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल ४६ रनमा पेभेलियन फर्किएपछि नेपाल निकै दबाबमा पर्‍यो । ज्ञानेन्द्र मल्ले ४३ बलमा चार चौका र एक छक्का प्रहार गरे ।

नेपाली टिमको ब्याटिङमा समस्या देखियो । करण केसी पनि मात्र सात रनमा आउट भएपछि नेपालको खेल हातबाट बाहिरियो । सन्दीपले खाता खोल्न नसक्दाआरिफ शेख १० रनमा आउट भए ।

नेपालको पारीलाई कमजोर बनाउन हङकङका हरुन मोहमद अर्सादले ५ विकेट लिए । यस्तै अफ्ताफ हुसेनले ३ तथा इशान खानले २ विकेट लिए । उज्यालो


प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १३:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP