शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • राक्सेका आचार्य दम्पत्तीलाई तिम्ल्याह सन्तान हुर्काउनै सकस (भिडियो सहित )
राक्सेका आचार्य दम्पत्तीलाई तिम्ल्याह सन्तान हुर्काउनै सकस (भिडियो सहित )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ १०, २०७५
IMG_6591

साधन राम्जाली मगर
बेनी बुधबार माघ ९ गते । बेनी नगरपालिका – ४ राक्सेकी सुनिता आचार्य एकै पटक तीन सन्तानको आमा बन्दा चरम प्रशवपीडालाई समेत भुल्नुभयो । दोस्रो सन्तानको लागि सुत्केरी हुँदा उहाँले एकै पटक २ छोरा र एक छोरीलाई जन्म दिनुभएको थियो । तिम्ल्याह सन्तानलाई जन्म दिँदा उहाँ मात्रै होईन उहाँको परिवारमा खुसीको सिमा रहेन् । तर पारिवारिक आर्थिक अबस्था कमजोर रहेको आचार्य परिवारलाई यतिबेला भने तिम्ल्याह सन्तान हुर्काउन निकै सकस परेको छ ।

जन्म भएदेखि नै २ छोराको स्वास्थ्य अवस्था सामान्य रहेपनि छोरीको स्वास्थ्य अबस्था भने कमजोर भएपछि आचार्य परिवार निकै समस्यामा छन् । सल्यक्रिया मार्फत तीम्ल्याह सन्तान जन्मेलगत्तै आमा र बच्चा चारै जनालाई आईसियुमा राखेर उपचार गरिएको थियो । आमाको स्वास्थ्य अबस्था समेत कमजोर बनेपछि तीन नवजात शिशुहरु आफ्नो आमाको दुध सेवन गर्नबाट समेत बञ्चित भए ।

अहिलेसम्म उनीहरुलाई ल्याक्टोजन र गाइभैँसीको दुधको भरमा पालनपोषण गरिँदै आईएको आमा सुनिताले बताउनुभयो । तिम्ल्याह भाई बहिनी अहिले १८ महिनामा लागेका छन् । शारिरिक अस्वस्थताको कारण छोरीको उपचारमा अहिलेसम्म लाखौँ खर्च भैसकेको तिम्ल्याह सन्तानका बुबा राजुको भनाई छ । छोरीको स्वास्थ्यमा निमोनियाको समस्या देखिएको छ । आमा सुनिता समेत अहिलेसम्म तंग्रिन सक्नुभएकाे छैन् ।

‘‘तिम्ल्याह बच्चाको आगमनले घरमा उज्यालो ल्यायो, छोरी जन्मेदेखि नै विरामी हुन थालिन्, अहिलेसम्म ऋण खोजेरै उपचार गरेका छौँ, उनको उपचारमा हाम्रो क्षमताले भ्याउन निकै कठिन भएको छ’’ उहाँले भन्नुभयो । वि सं २०७४ साल असारमा पोखराको गण्डकी मेडिकल कलेजमा जन्मीएका तीम्ल्याह बालबालिकाहरुको हुकाई र उपचारमा सहयोग गर्न आचार्य परिवारले अपिल गर्नुभएकाे छ ।

भिडियाे हेर्नुहाेस् :

https://youtu.be/5EZe6vdwG6c

तिम्ल्याह सन्तानको आगमनले परिवारमा नसोचेको खुसी ल्याइदिए पनि शारिरिक अवस्था कमजोर भएकाले शारिरिक बृद्धिविकास , उपचार र पालनपोषणमा आएको आर्थिक समस्याले भने दुखित तुल्याएको आमा सुनिताले बताउनुभयो । पालनपोाण र उपचारका लागि अठार महिनाको अवधिमा मात्रै २३ लाख रुपियाँ भन्दा बढी खर्च भएको तिम्ल्याह शिशुका बुवा राजु आचार्यले बताउनुभयो । ‘‘अहिलेसम्म उपचारमा ९ लाख ऋण काढेका छौँ, महिनामा २ पटक अस्पताल लगेर उपचार गर्नुपर्छ, हरेक पटकको उपचारमा ठुलो खर्च हुने गरेको छ’’– उहाँले भन्नुभयो ।

घरपरिवारको आम्दानीको रुपमा घरमुली राजुको बैदेशिक रोजगारीले परिवारको आर्थीक व्ययभार धान्न सक्ने अबस्थामा छैन् । बुढेसकालमा एकै पटक तीन नातीनातिना देख्दा खुसीले गदगद भएका हजुरबुबा यज्ञप्रसाद आचार्य उनीहरुको हुर्काइबढाईमा आएको आर्थीक समस्याले गर्दा चिन्तीत भएका छन् । स्वास्थ्य अवस्था कमजोर संगै तिम्ल्याह बच्चाकी आमाको दुधले नपुग्ने भएपछि स्थानीय गाई, भैँसी र बजारमा पाइने ल्याक्टोजन खुवाउने गरेको बताउनुहुन्छ । आमाको दुध नआउने भएपछि दैनिक चार लिटर भैसीको दुध किनेर खुवाउनुपर्छ ।

आमा र बच्चाको उपचार पालनपोषणका लागि आफन्तले पनि केही सहयोग गरे पनि त्यो पर्याप्त नभएको हजुरबुुबा आचार्यले बताउनुहुन्छ । आचार्य परिवारले बालबच्चालाई अस्पतालमा पु¥याएर नियमित रुपमा उपचार गर्नुपर्ने समस्याले गाउँमा खेतीकिसानी समेत छाडेका छन् । घरमा गाई भैँसी समेत पाल्न छाड्नुपरेपछि बच्चाहरुको लागि दैनिक रुपमा चाहिने दुध समेत किनेर जोहो गर्नुपरेको छ । तीम्ल्याह बालबालिकाको हेरचाहमा ठुलो बुबा कृष्ण आचार्यका परिवारले सघाउँदै आएका छन् ।

तिम्ल्याह सन्तान हुर्काउन ठुलो आर्थिक भार व्यहोरेका आचार्य परिवारलाई आर्थिक बर्ष २०७४र०७५ मा बेनी नगरपालिकाले वडा कार्यालयको प्रस्ताबमा एउटा बोयर बोका सहयोग गरेको थियो । नगर कार्यपालिकाको वैठकको निर्णय अनुसार बुधवार आचार्य परिवारलाई तिम्ल्याह बच्चाहरुको पालनपोषणमा सहयोग पु¥याउन ३० हजार रुपियाँ सहयोग गरेको छ । नवविकल्प साप्ताहिकमा प्रकाशित


प्रकाशित मिति: बिहीबार, माघ १०, २०७५  ००:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP