शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • अन्नपुर्णको भुरुङ्ग तातोपानीको सर्वोदय माविको भवनमा क्वारेन्टाइन बनाइने
अन्नपुर्णको भुरुङ्ग तातोपानीको सर्वोदय माविको भवनमा क्वारेन्टाइन बनाइने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, चैत ९, २०७६
annapurna photo of bigyapti

बेनी, आइतबार चैत ०९ गते । कोभिड–१९ (कोरोना भाइरस)बाट प्रभावित बिरामीलाई राख्न म्याग्दीको अन्नपूर्ण गाउपालिकाले वडा न २ भुरुङ्ग तातोपानीको सर्वोदय माविको भवनमा क्वारेन्टाइन बनाइने भएको छ ।

मुस्ताङसंग सिमाना जोडिएको अन्नपूर्ण गाउपालिका क्षेत्रमा कसैलाई कोरोनाको लक्ष्यण देखिएको अवस्थामा सुरक्षित रुपमा बस्नका लागि सर्वोदय माविको भवनलाई प्रयोग गर्ने आइतबार सम्झौता भएको हो ।

गाउपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धीबहादुर पुन, शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर पुर्जा र प्रअ किसनबहादुर पुनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरेर रोगको पहिचान तथा शंकास्पद बिरामीको सुरक्षित बसोबासका लागि १० बेड क्षमताको क्वारेन्टाइन बनाइने प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

आवश्यक परेको अवस्थामा चिकित्सक र स्वास्थ्यकर्मी खटाउन तयारी अवस्थामा राखिएको छ । यसैगरी अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा निर्माणाधिन मिस्त्रीखोला जलविद्युत आयोजनाले आइतबार नारच्याङमा कोरोनाबाट जोगिने उपायको विषयमा जनचेतनामुलक कार्यक्रम गरेको छ ।
सार्वजनिक स्थलमा कोरोनाको कारण, लक्ष्यण र बच्ने उपाय सम्बन्धी सन्देश लेखिएको ब्यानर राख्नुका साथै पर्चा वितरण गरिएको आयोजनाको सामाजिक तथा वातावरण इकाइका प्रमुख रामकुमार खड्काले जानकारी दिनुभयो ।

कोरोनाको जोखिमलाई मध्यनजर गरेर अन्नपूर्ण गाउपालिकाले प्राकृतिक तातोपानीका कुण्डमा स्नानका साथै पर्यटकीय स्थलको भ्रमणमा रोक लगाएको छ ।


प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १७:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP