शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • लगानी मैत्री वातावरण
लगानी मैत्री वातावरण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ १४, २०७७
IMG_8504

चक्रबहादुर थापा
बेनी ,बुधबार जेठ १४ गते ।
नेपालमा लगानी मैत्री वातावरण बनेको खण्डमा विकासका अनगिन्ति सम्भावनाहरु खुल्ने कुरामा सन्देह गर्ने ठाउँ नै छैन् । यहाँ प्रशस्त जलश्रोत, जमिन, जलबायु, वन्य–जन्तु, जैबिक विविधता जस्ता महत्वपूर्ण प्राकृतिक श्रोतहरू विद्यमान छन । यी प्राकृतिक सम्पदा र खनिज पदार्थको उपयोग, उत्खनन र प्रशोधनको लागि नेपाल सरकारले नीति नियम पनि बनाएको छ, तर ती नीतिहरू अन्तराष्ट्रिय लगानीकर्ताहरुका लागि लगानीमैत्री नभएकाले ठूला–ठूला लगानीकर्ताहरु आकर्षित गर्न सकिरहेको अवस्था छैन ।

देशमा लगानीकर्ताहरुलाई आकर्षित गरि लगानी भित्र्याउन सक्दा देशले रोजगारीको अवसर मात्र वढाउंने होइन, यसले विकासको पूर्वाधार निर्माणमा टेवा दिन्छ, राजस्व बृद्धिमा योगदान दिनेछ र समग्र राष्ट्र निर्माणमा बल पु¥याउँछ । अन्तराष्ट्रिय लगानी आकर्षित गर्ने नारा मात्र दिएर अंकुशहरु मात्र थोपर्ने नियम र विनियमहरु, दफा र उपदफाहरुले गर्दा नेपालले आशातीत रूपमा लगानीकर्ताहरुलाई आकर्षित गर्न नसकेको यथार्थलाई नकार्न सकिन्न ।

रोजगारले समग्र देशका बेरोजगार जनतालाई आय आर्जन गराई आत्मनिर्भर बनाउन मद्दत गर्दछ । त्यस्तै विविध कल कारखानाहरुबाट उत्पादित बस्तुहरू निर्यात हुन्छन,जसले राष्ट्रको आम्दानीको मात्रा बढ्छ र देशको विविध क्षेत्रको विकासमा टेवा पुग्छ । हङकङ र कोरिया लगायत मध्यपूर्वका विभिन्न देशहरू जस्तै अरब इमिरेट्,कतार लगायत विभिन्न देशले छोटो समयमा चरम विकासको फड़को मार्नुको कारण खुला ब्यापार नीति नै हो ।

यस्तो नीतिले गर्दा संसारका धेरै भन्दा धेरै लगानीकर्ताहरुलाई उनीहरूको देशमा सहजै लगानी गर्न सक्ने वातावरण तयार भयो र स्वदेश तथा विदेशका लाखौं नागरिकहरूले रोजगारी पाए । त्यसले गर्दा देशको विकास पनि द्रूत गतिमा सम्पन्न भयो । आज हाम्रो देशका लाखौं बेरोजगार युवाहरु ती देशहरुमा आफ्नो अमूल्य श्रम लगानी गरेर ती देशहरुको विकासमा लागि परेका छन । नेपालमा परिस्थिति ठीक उल्टो छ ।

यहाँ लगानीको लागी बर्षेनी सम्मेलन सेमिनार गरिन्छ तर यहाँ नीति नियममा कड़ाई, प्रशाशनिक झन्झट, भ्रष्टाचार, घूसखोरी, राजनैतिक खिचातानी र अस्थिरताले गर्दा लगानीकर्ता निरुत्साहित भएको सर्बविधित नै छ । यस्ता विविध समस्याले गर्दा देशको प्रशस्त सम्भावना भएको कृषि, पशुपालन, जडिबूटि, खनिज पदार्थ, जलश्रोत, पर्यटनको अपार सम्भावना भएता पनि यस्ता क्षेत्रको समुचित विकास हुन सकेको छैन् ।

यसले गर्दा देशमा भएको अपार विकासको सम्पदा एबं सम्भावना त्यसै खेर गइरहेको छ भने अत्याधिक मात्रमा बेरोजÞगारीको सँख्या बढ़ेको छ । यथार्थमा देशको विकास गर्ने हो भने यी प्रचुर सम्भावनालाई खुलानीति मार्फÞत लगानी मैत्री वातावरण बनाउनु नितान्त आवश्यकता छ । जून खुला नीति राष्ट्रहितलाई सर्बोपरी राखी लगानीकर्ताको लगानी सुरक्षित र फÞाईदाजनक हुनूपर्ने नितान्त आवश्यक छ,न की यावत राजनैतिक खिचातानि, प्रसाशनिक झन्झट, भ्रष्टाचार, घूसखोरी आदिले लगानीकर्तालाई निरुत्साहित र देशको द्रूत विकासलाई धेरै पछाड़ी धकेलेको कुरामा दुई मत छैन ।

अन्तमा देशको सर्वाङ्गीण विकासको लागि लगानी (इण्वेस्ट्मेण्ट्)को आवश्यक छ । जसले रोजÞगारीको शृजना गर्दछ र बेरोजगार जनसमुदायलाई आआफनो जीवनस्तर उकास्न आत्मनिर्भर बनाउँछ । यसले राष्ट्रमा भएको सम्पदाको यथोचित प्रयोग हुन्छ । देश सवल र समवृद्ध बन्नमा यसले अहम भूमिका निभाऊँछ । तसर्थ, सम्पूर्ण सरोकारवालाहरूले देशको आवश्यकता अनुसार विभिन्न क्षेत्रमा लगानी मैत्री वातावरण सृजना गरेर बढी भन्दा बढी लगानी भित्र्याउनु नितान्त जरुरी रहेको कुरालाई मनन गरोस ।

(थापा म्याग्दी प्रवासी नेपाली संघ (मोना)का निवर्तमान अध्यक्ष हुनुहुन्छ ।)


प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  १२:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP