शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अब बर्खामा टुट्ने छैन तमानको सम्बन्ध
अब बर्खामा टुट्ने छैन तमानको सम्बन्ध
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, साउन २२, २०७८
tamankhola gaun
गलकोट । बागलुङ जिल्लाकै दुर्गम मानिएको तमानखोलामा यस पटक खोला बढेर यातायात रोकिएन । बर्खामा तीन महिना यातायात ठप्प हुने तमानखोला गाउँपालिकामा यस वर्षदेखि बाह्रैमास सवारी सञ्चालन भएका छन् । जिल्लाको दोस्रो व्यापारिक सहर बुर्तिवाङ बजारबाट तमानखोलाको केन्द्र बोङ्गादोभान पुग्ने सडक र दुई पक्की पुल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरेसँगै यात्रुलाई सहज भएको छ । बर्खाको समयमा निकै समस्या झेलेर पुल निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङले स्तरोन्नति गरेको बुर्तिवाङ तमानखोला सडकमा आवश्यक दुई पक्की पुलमध्ये लुकुरबन खोलाको पक्की पुलमा सवारी गुड्न थालेका छन् भने भालुवाङ खोलाको पुल ९५ प्रतिशत सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । यो दुवै पुल बनेपछि बर्खायाममा दुईवटा खोलामा गाडी परिवर्तन गर्नुपर्ने र पैदल यात्राको सकस बेहोर्नुपर्ने बाध्यता अन्त्य हुन थालेको छ । अहिले बुर्तिवाङ–तमानखोला सडक ग्राभेल गरेसँगै बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्र पुग्न यात्रुलाई निकै सहज भएको छ तर पुल अभावमा बर्खाको चार महिना समस्या भए पनि आगामी बर्खामा यस्तो समस्या नहुने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए । ‘लुकुरबन खोलाको पुलमा सवारी हिँड्न थाले, भालुवाङमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ, बर्खाको चार महिना गाउँपालिकाको केन्द्रसम्म यातायातको सम्बन्ध विच्छेद हुने अवस्था अब अन्त्य भएको छ, पालिका सदरमुकामदेखि माथि त धेरै पुल बन्न बाँकी नै छन्,’ अध्यक्ष बुढाले भने, ‘दुर्गम मानिएको बोङ्गादोभान बजारमा बुर्तिबाङबाट एक घण्टाभित्रै पुग्न सकिने भएको छ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सडक र पुल निर्माण गरेर दुर्गम मानिएको गाउँपालिकाको परिचय बदलिएको छ ।’ अध्यक्ष बुढाका अनुसार हिउँदमा तमानखोलाका सबै वडामा सवारी पुग्ने सडक बनाइएको छ । बुर्तिवाङबाट तमानखोला सम्मको नौ दशमलव आठ किलोमिटर सडक ग्राभेल गर्नका लागि २०७५ साल वैशाख १० गते कालिका प्यासिफिक जेभीसँग ठेक्का सम्झौता गरी रु १७ करोड नौ लाखमा सडक निर्माण सम्पन्न गरिएको छ । उक्त सडकमा दुई पक्की पुल निर्माण करिब सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख रेणुकाकुमारी पाण्डेयले जानकारी दिइन्। ‘बर्खामा ढलान गरेको भालुवाङ खोलाको पुल झण्डै बगाएको थिएन, प्राविधिक, स्थानीय जनप्रतिनिधि तथा गाउँपालिकाको सहयोगमा खोलालाई धार परिर्वतन गराएर क्षतिबाट जोगायौँ, ढलान भएको केही दिनमै उक्त खोलामा बाढी आएको थियो’, पाण्डेले भनिन्, ‘उक्त खोलाको पुल निर्माण ९५ प्रतिशत सकिएको छ, लुकुरबनको पुलमा सवारी गुड्न थालेका छन् ।’ भूकम्पले क्षति पुर्याएका भौतिक संरचनाको पुनर्निर्माण गर्ने आयोजनाले यो सडक निर्माणसँगै पुल निर्माणसमेत गरेको पुनर्निर्माण प्राधिकरण आयोजनाका इन्जिनीयर हरिशचन्द्र बडूले जानकारी दिए । उनका अनुसार कोरोनाका कारण लुकुरबनको पुल निर्माण केही महिना रोकिएको थियो । रु तीन करोड ६६ लाखको बजेटमा लुकुरबन खोला पुल निर्माण भएको छ । विसं २०७६ मङ्सिरदेखि शुरु भएको उक्त पुल २५ मिटर लम्बाइ र आठ दशमलव पाँच मिटर चौडाइ रहेको पुल निर्माणको जिम्मा पाएको कर्णरप्रदीपरजुम्ली जेभीले जनाएको छ । यस्तै नौ महिनामा सक्ने गरी २०७७ साल असोज १२ गते निर्माण सुरु भएको भालुवाङ खोला पक्की पुल कोरोनाका कारण केही महिना ढिला गरी सम्पन्न हुन थालेको छ । रु चार करोड ४२ लाखमा नयाँबाटोरसूर्योदयरबीएम जेभीले निर्माणको जिम्मा पाएको उक्त पुल ४० मिटर लम्बाइ र आठ दशमलव पाँच मिटर चौडाइको छ । बागलुङ जिल्ला सदरमुकामपछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट तमान क्षणभरमै पुग्न थालेपछि स्थानीयवासीलाई आवतजावत सहज भएको मात्रै छैन अब बर्खामा समेत यातायातका साधन सञ्चालनमा आउने भएको छ । जिल्ला सदरमुकामबाट ९२ किलोमिटर मध्यपहाडी पुष्पलाल राजमार्ग र त्यसपछि १० किलोमिटर बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानसम्म पुग्न सकिन्छ । पुल नहुँदा बर्खाको चार महिना यातायातका साधन ठप्प हुँदै आएका थिए । ‘ट्र्याक’ निर्माणपश्चात् बुर्तिवाङदेखि तमानखोलासम्म निकै सास्ती खेपेर करिब दुई घण्टा लाग्ने सडकमा ग्राभेल सडक निर्माणसँगै करिब आधा घण्टामै सरर तमानखोलाको केन्द्र पुग्न सकिनेछ ।रासस
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १०:१६
थप राष्ट्रिय
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP