शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
शिक्षा
  • गृहपृष्ठ
  • प्रेरणाकी श्रोत भूलमाया तिलिजा
प्रेरणाकी श्रोत भूलमाया तिलिजा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २७, २०७८
bhulu
नवीन जुग्जाली  ‘क्या नहिँ होता है जहाँ मे करनेवालो चाहिये अपने हीँ हथँँली पर सर लेके मदिना जानेवाला चाहिये ।’ अर्थात् यहाँ गर्न सके के हुँदैन जहाँ गर्ने वाला चाहियो आफ्नै हत्केलामा शिर लिएर मदिना जानेवाला चाहियो । संघर्ष गर्न सकेको खण्डमा, साहस उठाउन सकेको खण्डमा असम्भव भन्ने कुरा नहुँदोरहेछ भन्ने कुराको उदाहरणहरु हाम्रो समाजमा थुप्रै छन् । ती उदाहरणहरु मध्येकी एक उदाहरण हुनुहुन्छ भूलमाया तिलिजा । उहाँको जन्म पिता भीमबहादुर पुन र माता हजमति पुनको कोखबाट वि.सं. २०१८ वैशाख १४ गतेका दिन रघुंगा गाउँपालिका –७, चिमखोला भन्ने ठाउँमा भएको हो । ‘हुने विरुवाको चिल्लो पात भनेझैँ’ तिलिजा सानै उमेरदेखि लगनशीलता, संघर्षशील, मेहनती र सहयोगी भावनाकी धनी हुनुहुन्थ्यो । आफ्नो विभिन्न कारणले विद्यालयमा गई औपचारिक शिक्षा हासिल गर्ने सौभाग्य पाउनु भएन । विवाहपश्चात् मुश्किलले प्रौढ शिक्षा केवल दुई महिनामात्रै पढ्ने अवसर पाउनुभएकी तिलिजाले साधारण लेखपढ गर्न सक्ने हुनुभएको थियो । त्यसपश्चात् तिलिजाको शैक्षिक यात्रामा पूर्णविराम लाग्यो । अंग्रेजीमा एउटा उक्ति छ – Studies in Yesterday Stopped learning today Uneducated in tomorrow. लामो समयसम्म पढाई छोडेपछि उहाँको जिन्दगी फेरी अनपढ स्थितिमा फर्कियो । विभिन्न राम्रा– राम्रा पुस्तकहरु पढ्न नजाने तापनि तिलिजाले सामाजिक जीवन कसरी जिउने भन्ने कुरा जान्नुभएको थियो । यही कारण आफ्नो कलिलो उमेरदेखि नै सामाजिक सेवामा रुचि– अभिरुचि राख्ने थाल्नुभएकी तिलिजा वि.सं.२०५३ सालतिर बेनीबजारमा झर्नुभएको थियो । सामाजिक सेवा भनेपछि हुरुक्क हुने तिलिजा उक्त समयदेखि समाजका विभिन्न संघसंस्थाहरुको विभिन्न पदमा आसीन हुँदै सामाजिक सेवामा समेत क्रियाशिल हुँदै आउनुभएको छ । जस्तै – कालीगण्डकी आमा समूहका अध्यक्ष, म्याग्दी बौद्ध संघको उपाध्यक्ष, रेडक्रस सोसाइटी बेनी उपशाखाका उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको विशेष सदस्य, अन्तर धार्मिक सञ्जालको कोषाध्यक्ष, अखिल महिला संघ जिल्ला कमिटीका सदस्य, म्याग्दी बहुमुखी क्याम्पसका वरिष्ठ सदस्य र नवीन आनन्द योग केन्द्र नेपाल म्याग्दीका केन्द्रीय सदस्य पदमा समेत रही उल्लेखनीय कार्यहरु सम्पादन गर्दै आउनुभएको छ । यसरी सामाजिक योगदानका प्रशस्त योग्यताहरु हुँदाहुँदै पनि आफ्नो पढाईको योग्यता नहुनाले समयका धेरै काल खण्डहरुमा असक्षमताको तितो अनुभव बटुल्नुभएकी तिलिजाले शिक्षाको महत्व बुझ्नुभयो र विद्यालयमा भर्ना भई अध्ययन गर्ने निर्णय लिनुभयो । परिणाम स्वरुप वि.सं. २०७२ सालमा उज्यालो वैकल्पिक विद्यालय बेनी, म्याग्दीको कक्षा पाँचमा भर्ना भई पुनः आफ्नो शैक्षिक यात्रा शुरु गर्नुभयो । उक्त विद्यालय प्रौढ निरक्षर महिला दिदीबहिनीलाई साक्षर बनाउने उद्देश्यले गण्डकी प्रदेश, सामाजिक विकास पूर्व मन्त्री माननीय श्री नरदेवी पुनको नेतृत्वमा वि.सं. २०७२ सालमा स्थापना भएको हो । शिक्षा हासिल गरी शिक्षित नारी बन्न मसक्क आँट्नुभएकी तिलिजासँग अध्ययन गर्ने उमेर भने थिएन । तर उहाँसंग दृढ इच्छाशक्ती, साहस र संकल्प थियो । यही कारण आफ्नो पढाईको सपना पूरा गर्न दिनरात मेहनत गर्न थाल्नुभयो । जसको परिणाम स्वरुप वि.सं. २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण भई साठी वर्षको उमेरमा उदाहरणीय व्यक्तित्व बन्न सफल हुनुभएको छ । महाभारतको कथामा ‘एउटा भँगेरीले आफ्नो संकल्प शक्तिद्वारा समुन्द्रलाई सुकाइदिने प्रसङ्ग उल्लेख गरिएको छ ।’ यसको मतलव जोसँग संकप शक्ति छ, उसका लागि हरेक कुरा सम्भव छ भन्ने प्रेरणा तिलिजाबाट पाउन सकिन्छ ।अंग्रेजीमा एउटा उक्ति छ – Determination is the key to success.  
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १९:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP