शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • कक्षा १२ का विद्यार्थीले बनाए विद्युतीय मोटरसाइकल
कक्षा १२ का विद्यार्थीले बनाए विद्युतीय मोटरसाइकल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, मंसिर ८, २०७८
motor
बुटवल । बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता माविका सागर पोखरेलले विद्युतीय मोटरसाइकल बनाएका छन् । ब्याक गियरसहितको मोटरसाइकलको नाम इलेक्ट्रो एमएएसबी राखेका छन् । कक्षा १२ मा अध्ययनरत सागर सिभिल इन्जिनियरका विद्यार्थी हुन् । कक्षा ११ को परीक्षापछिको समय सदुपयोग गर्दै विद्युतीय मोटरसाइकल बनाएको र त्यसका लागि करिब दुई महिना समय लागेको सागरले बताए । मोटरसाइकलमा ब्याट्री लिड एसिड प्रयोग भएको छ । जुन करिब ४८ भोल्ट डीसी पावरको छ । त्यसमा विभिन्न मोटरसाइकलका हेडलाइट, टेललाइट, स्प्रिङलगायत प्रयोग गरी ७ सय ५० वाटको इलेक्ट्रिक मोटर प्रयोग भएको छ । हाल १ सय किलोमिटरसम्मको दूरी गुड्न सक्छ । प्रतिघण्टा ४० किलोमिटर गति छ । उनले हजुरबुबा मोतीलाल, बुबा अनन्तमणि, आफू सागर र आमा भगवता पोख्रेलको पहिलो अक्षरबाट एमएएसबी मोटरसाइकल नामकरण गरेको बताए । मोटरसाइकल निर्माणमा करिब १ लाख १० हजार रुपैयाँ खर्च भएको छ । जुन, गत सोमबार विद्यालय परिसरमा प्रदर्शन गरिएको थियो । ‘रकम र सामग्री हुने हो भने यही प्रविधि प्रयोग गरेर धेरै मोटरसाइकल बनाउन सकिनेछ,’ सागरले भने, ‘लगाव र मिहिनेत हुने हो भने काम गर्न अप्ठेरो हुँदैन ।’ सागरले बनाएको मोटरसाइकलबारे नेपाल आविष्कार केन्द्रले चासो राखेको छ । केन्द्रले उक्त मोटरसाइकल परीक्षण गर्नेछ । सागर आउँदो साता काठमाडौं जाने र यही बाइक गुडाउने योजनामा छन् । ‘व्यावसायिक रूपमा मोटरसाइकल बनाउने योजना छ,’ उनले भने, ‘राज्यको साथ र सहयोग भए यो सम्भव छ ।’ सागरको घर अर्घाखाँचीको सन्धिखर्क हो । घरमा बसेकै बेला मोटरसाइकल बनाउने र परीक्षण गर्ने काम सकेका थिए । सन्धिखर्कमा परीक्षण सञ्चालन गरेपछि मात्रै मोटरसाइकल विद्यालयमा ल्याइएको हो । विद्यालय व्यवस्थापन समितिले ५१ हजार रुपैयाँबाट सागरलाई सम्मान गरेको छ । उनको मोटरसाइकलको वैज्ञानिक परीक्षणदेखिका काममा समेत विद्यालयले सघाउने विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताउनुभयो । ekantipurबाट
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १४:४२
थप राष्ट्रिय
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP