शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बेनी–जोमसोम सडकको काभ्रेभीरमा टाईमकार्ड लागु
बेनी–जोमसोम सडकको काभ्रेभीरमा टाईमकार्ड लागु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, वैशाख ७, २०७९
Kavre
म्याग्दी । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा फेरि टाईमकार्ड लागु गरेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना प्रकाशित गरी बेनी–जोमसोम सडकको काभ्रेभीरमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मंगलबारबाट दैनिक ३ घण्टा टाईमकार्ड लगाउने लगाउने निर्णय गरेको हो। मुस्ताङको घाँसादेखि काभ्रेभीरको जोखिमयुक्त सडकमा बिष्पोटक पदार्थ प्रयोग गरी चट्टान फुटाएर सडक चौडा गर्नुपर्ने भएकाले सडक स्तरोन्नति सहज गराउन सोमबार बसेको जिल्ला सुरक्षा समितिले पुनः टाईमकार्ड लागू गर्ने निर्णय गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए। टाईमकार्डपछि काभ्रेभीरमा बैशाख ७ गतेदेखि बैशाख २० गतेसम्म दैनिक ३ घण्टा सडक बन्द हुँनेछ। यसअघि गौरवको सडक आयोजनाको लागि पर्वतको मालढुङ्गा देखि बेनी सडकमा पनि सडक स्तरोन्नतिका लागि म्याग्दी प्रशासनले दैनिक ५ घण्टा टाईम कार्ड लगाएको थियो। राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमा कालिगण्डकी करिडोरको सिफारिसमा म्याग्दी र मुस्ताङ प्रशासनले सडक स्तरोन्नतिका लागि टाईमकार्ड लगाएको थियो। हिउँदयामको समाप्ती र बशन्तऋतुको आगमनसंगै चैतै दशैँ औशी, चेतै दशैँ र नयाँ वर्षको अवसरमा तिर्थालुहरुको सहजताका लागि केही हप्ता सडकमा लगाईएको टाईमकार्ड हटाईएको थियो। चाडपर्व सकिएको र पर्यटक केही कम हुन थालेपछि सडकमा पुनः टाईमकार्ड जारी गरिएको हो। राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किमी सडकको अहिलेसम्मको भौतिक प्रगती ७० प्रतिशत छ। २०७४ सालदेखि सुरु गरिएको बेनी–जोमसोम सडक स्तरोन्तिकार्य तोकिएको समयमा पुरा हुन सकेको छैन। हालसम्म बेनी–जोमसोम ४ खण्डको २ देखि ३ पटकसम्म म्याद थपिसकिएको छ। थपिएको म्याद पनि यही चैत्र मशान्तमा सकिएको छ।
प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १२:२०
थप राष्ट्रिय
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP