शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • कागबेनीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु ,१२ जना गम्भिर घाईते
कागबेनीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु ,१२ जना गम्भिर घाईते
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, वैशाख १५, २०७९
Jomsom
सुन्दरकुमार थकाली जोमसोम । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनी मोडमा ना ५ ख २१४९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना यात्रु गम्भिर घाईते भएका छन् । बस बिहिबार दिउँसो ४ बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ मन्दिर दर्शन गरी जोमसोम तर्फ फर्किदै गरेको बसले कागबेनी झदै गरेको ग ७ प ५७२ नम्बरको स्कुटीलाई अचानक ठक्कर दिदाँ बस अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल खसेको थियो ।बसको ठक्करबाट वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीका ४५ वर्षीय मिङ्मार गुरुङको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गोपीकृष्ण आचार्यले बिराट महानगरपालिकादेखि मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि आएको तिर्थालु सवार बस कागबेनीको दोश्रो मोडमा दुर्घटना भएको जानकारी दिए । बस दुर्घटनमा ५८ वर्षीय कमला तिमिल्सिना,६५ वर्षीय कुलबहादुर कुवर,४० वर्षीय बिष्णुमाया न्यौपाने,७३ वर्षीय दुर्गा नेपाल ,६८ वर्षीय ईन्दिरा न्यौपाने, ४५ वर्षीय पार्वती तिमिल्सिना,३५ वर्षीय सरस्वती नेपाल ,११ वर्षीय दिलसा पौडेल,६५ वर्षीय गोकर्णबहादुर खनाल, ६० वर्षीय धर्मशिला खनाल,६० वर्षीय उषा कोईराला र ३५ वर्षीय सुनिता तिमिल्सना गम्भिर घाईते भएको जिप्रका मुस्ताङका सूचना अधिकारी आचार्यले उल्लेख गरे ।मुक्तिनाथ दर्शन गरी फर्किएको बसमा सवार ३५ जना यात्रु मध्ये १४ जना सामान्य घाईते भएका छन् । तिर्थ यात्री सवार उक्त बसले बिराट महानगरपालिका , बुढी गंगा गाउँपालिका र वेलबारी नगरपालिकाका ३५ यात्रुले लिएर मुस्ताङ आएको थियो । बस दुर्घटनापछि प्रहरी चौकी कागबेनी र जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयको समन्वयमा दुर्घटनामा परी घाईते भएका यात्रुलाई मुस्ताङ जिल्ला अस्पतालमा पू¥याईएको छ ।प्रहरीले घटना स्थलको चार किल्ला र दुर्घटना सम्वन्धि विवरण संकलन गरेको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।तीर्थ यात्रु सवार बसका चालक ३२ वर्षीय सुदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस दुर्घटना परी घाईते भएका तिर्थ यात्रीको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा अस्पताल पुगेका थिए । प्रजिअ शर्माले दुर्घटना बारे मन्त्रालयलाई जानकारी गराईएको र थप उपाचारका लागि पोखरा लैजान परे आवश्यक पहल गर्ने बताए । यसअघि कागबेनी मुक्तिनाथ सडकको कागबेनी मोडमा दुई पटक बस दुर्घटना भएको थियो । सो स्थान दुर्घटनाग्रष्तक्षेत्रको लिईन्छ ।  
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  २२:५२
थप समाचार
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP