शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • चुनावमा हारेका खड्के दर्जीलाई बधाई !
चुनावमा हारेका खड्के दर्जीलाई बधाई !
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, जेठ ८, २०७९
ph khadge
चन्द्रप्रकाश बानियाँ म्याग्दी ।   चुनाव जितेका कसैलाई बधाई दिइएन । बरु हारेको उमेदवारलाई बधाई दिन मनलाग्यो ! मेरो गाउँ, बेनी नगरपालिका–५, पुला सिङ्गो पुलामा दलितहरुको आवादी ३५ प्रतिशत छ । चुनाव नजिते पनि निर्वाचनको बेलामा दलित समुदायको मान्छेले फाटफुट्ट चुनावी प्रतिश्पर्धामा उभिने चेष्टा गर्छ । पुलामा उपप्रधानपञ्चको पदमा दलित समुदायबाट चुनाव लड्ने पहिलो व्यक्ती काका डम्मरसिंह विश्वकर्मा (हल्ले कामी) थिए । न उतिबेला हल्ले काकाले दलितको समर्थन पाए, न त्यसपछी आजसम्म दलितको साथ कसैले पाउन सकेको छ । यसपटक खड्गबहादुर दर्जीको हालत पनि पाँचदशक अघिका डम्मरसिंको जस्तै भयो । बरु त्रीपक्षीय भिडन्तमा उतिबेला हल्ले काकालाई सम्मानजनक मत परेको थियो । यसपटक त्यस्तो पनि देखिएन । अनि कसरी दलित समाजमा सुधार आयो, चेतनशील बन्यो भन्नू रु.११ घर राम्रो बनाएर वा जिउमा सुकिलो कपडा पैरेर के गर्नु, मनको बत्ती बले पो काम लाग्छ, स्वाभिमान जागे पो अर्थ राख्छ । मतका हिसबले पुलामा दलित समुदाय आफै चुनाब जित्ने हैसियत राख्छ तर दलितलाई होइन, विस्टहरुलाई मत दिएर जिताउने र आफू बाजा बजाएर रमाउने अवस्थामा परिवर्तन आएको छैन ।कता छ दलित आत्मरक्षा अभियान ? दलित समुदायमा पहिचान र स्वाभिमानको पाठ कसले पढाउने डा.मित्र परियार जी ? जे होस, विष्टहरुले त दलितलाई नेता मान्ने कुरै भएन, दलितहरुमा पनि आफ्नो मतको महत्व बुझ्ने चेतना छैन तापनि वडाध्यक्षको प्रतिष्पर्धामा उत्रने क, खड्ग दर्जीको हिम्मतलाई लाखौंलाख सलाम ।आफ्नो मत बेचेर रक्सीमा उडाउनुभन्दा निर्वाचनमा धरौटी गुमाउनु हजारगुणा गौरव गर्न सकिने विषय हो । फेरि एकपटक खडग दर्जीलाई सलाम !
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १८:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP