शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • गलकोटको हरिचौर बजारदेखि पाण्डवखानीसम्म सडक कालोपत्रे हुने
गलकोटको हरिचौर बजारदेखि पाण्डवखानीसम्म सडक कालोपत्रे हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ १२, २०७९
sadak kalopatre
सुरेश छन्त्याल गलकोट । बागलुङ क्षेत्र नम्बर २ अन्तर्गत एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक कालोपत्रे हुने भएको छ । विस्तृत अध्यययन प्रतिवेदन (डिपिआर)लगत्तै उक्त सडक कालोपत्रेका लागि ठेक्का लगाइएको छ । गलकोट नगरपालिकाकोे हरिचौरदेखि मल्म, पाण्डवखानी, रमुवा रणसिंहकिटेनी, भीमगिठे, दर्लिङहुँदै निसीखोला प्यूठान जोड्ने सडक कालोपत्रेका लागि प्रक्रियामा गएको हो । साढे दुई वर्षभित्र आवश्यक सानाठूला पूर्वाधार निर्माणसहित सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले ठेक्का आह्वान गरेको हो । उक्त सडकसँगै तीन जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पाँच सडक कालोपत्रेका लागि ठेक्का निकालेको जनाएको छ । उक्त सडक ठेक्का सम्झौता भएको साढे दुई वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइसक्ने सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी तथा इञ्जिनियर कृष्णबहादुर खड्काले जानकारी दिए । उक्त सडकलाई झण्डै रु ४० करोडभन्दा बढी लागत अनुमानका आधारमा डिपिआर तयार गरिएको थियो । ‘डिपिआर, वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी वैशाख १५ गते पूर्वाधारसहित कालोपत्रे गर्न ठेक्का आह्वान गरेका छौँ अहिले प्रक्रियामा छ’, खड्काले भने, ‘यस क्षेत्रका सांसदले सिफारिस गरेको यस सडक ठेक्का सम्झौताको साढे दुई वर्षमा कालोपत्रे भइसक्नेछ, उक्त सडक लामो भए पनि अहिले १० किलोमिटर सडक कालोपत्र गरिनेछ ।’ झण्डै ४० किलोमिटर लामो उक्त सडक पनि सुरुको विन्दुबाट काम हुँदै जाने सडक डिभिजन कार्यालयल बागलुङले जनाएको छ । लामो समय बजेट अभावले कालोपत्रे गर्न ठेक्कामा जान नसकेको सडक यस क्षेत्रका संसद् तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बजेटको व्यवस्थापन गरेका हुन् । यो ठेक्काअन्तर्गत पहिलो चरणमा गलकोटको हरिचौर बजारदेखि मल्म हुँदै पाण्डवखानीसम्मको १० किलोमिटर सडक कालोपत्र हुनेछ । कालोपत्रे हुँदा यहाँका नागरिकलाई यात्रामा निकै सहजता हुने गलकोट नपा–७, मल्मका वडाध्यक्ष राजबहादुर थापाले बताए । उक्त सडकको १० किमीमा नाली, पर्खाल, कल्र्भटलगायतका पूर्वाधार निर्माणपश्चात् सडक कालोपत्रे गरिनेछ
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १६:१३
थप राष्ट्रिय
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP