शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक
आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यपुस्तक
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, मंसिर २९, २०७९
Book
काठमाडौं । आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको र नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी (पीआरसी) तयार भएपछि छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रलाई पठाइने बताउनु भयो । पाठ्यक्रम विकास केन्द्रले उपलब्ध गराएको पीआरसीका आधारमा जनक शिक्षाले पाठ्यपुस्तक छाप्ने गर्दछ । अहिले कक्षा ५ र १० का अनिवार्य विषयको नयाँ पाठ्यक्रम अनुसारको पीआरसी तयार भइसकेको र ८ को काम भइरहेको महानिर्देशक अर्यालले बताए । कक्षा ५ को पीआरसी भने जनक शिक्षालाई पठाइएसकेको केन्द्रले जनाएको छ । त्यस्तै कक्षा ८ र १० को केही दिन पठाउने तयारी भइरहेको महानिर्देशक अर्यालले बताए । योसँगै विद्यालय शिक्षाका सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक लागु हुनेछन् । सरकारले २०८० सम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने योजना अघि सारेको थियो । सोही आधारमा हरेक शैक्षिक शत्रका विभिन्न कक्षामा नयाँ पाठ्यक्रम लागू गर्दैै आएको छ । आउँदो वर्ष २०८० सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा दिनुपर्नेछ । चालू शैक्षिक शत्र २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम हुनेछ । १० को अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयको पाठ्यपुस्तक तयार भइरहेका छन् । त्यसैगरी कक्षा ५ को अंग्रेजी, विज्ञान, सामाजिक, नेपाली, गणित र स्वास्थ्य तथा शारीरिक गरी ६ वटा विषयको पाठ्यक्रम पनि तयार भइसकेका छन् । विश्वव्यापी मान्यताअनुसार हरेक ५ वर्षमा नयाँ पाठ्क्रम लागु गर्नुपर्छ । सोही आधारमा सरकारले नयाँ पाठ्यक्रम लागु गर्न लागेको हो । यसअघि भने १३ वर्षपछि पाठ्यक्रम परिवर्तन भएको थियो । २०६३ सालपछि २०७६ सालमा मात्रै पाठ्यक्रम परिवर्तन भएको थियो । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार शैक्षिक शत्र २०७८० सम्म सबै विषयको नयाँ पाठ्यक्रम लागू गर्ने योजना बनाएको थियो । सोही आधारमा केन्द्रले शैक्षिक शत्र २०७७ मा कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन गरेको थियो । केन्द्रले २०७६ सालमा सातै प्रदेशका २८ वटा विद्यालयमा कक्षा ६ देखि ८ सम्मको नयाँ पाठ्यक्रम परीक्षणको लागि पठाएको थियो । उक्त परीक्षण सफल भएपछि केन्द्रले अन्य कक्षाका पाठ्यक्रम समेत परिवर्तनको प्रक्रिया अगाडि बढाएको थियो । शैक्षिक वर्ष २०७८ मा कक्षा २, ३, ५ र १२ तथा २०७९ मा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू भएका छन् । भने २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागु हुनेछ । नयाँ पाठ्यक्रम तयार भएका पाठ्यपुस्तक छपाइका लागि आफूहरू तयार रहेको जनकशिक्षा केन्द्रले जनाएको छ । केन्द्रबाट पीआरसी उपलब्ध गराएको चार महिनाभित्रमा पाठ्यपुस्तक छापिसक्ने जनक शिक्षाको दाबी छ । रातोपाटी
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  ११:०९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP