शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • उम्मेदवार घोषणासँगै रविको दाबी : उपचुनावमा क्लिन स्वीप
उम्मेदवार घोषणासँगै रविको दाबी : उपचुनावमा क्लिन स्वीप
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, चैत १८, २०७९
Upanirbachan
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीपको नारासहित तीन क्षेत्रमा हुने उपचुनावका लागि उम्मेदवारहरु घोषणा गरेको छ ।रास्वपाले चितवन क्षेत्र नम्बर २ मा सभापति रवि लामिछाने, बारा २ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ १ मा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिएको छ । १० वैशाखमा हुने उपचुनावका लागि पर्सि २० गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । चितवन २ मा रास्वपाका उम्मेदवार लामिछाने ४ मंसिरमा यही क्षेत्रबाट विजयी भएका थिए । तर नागरिकता विवादमा सर्वोच्च अदालतले १३ माघमा सांसद पद खारेज गरेपछि उनी उपचुनाव लड्न लगेका हुन् । बारा २ का उम्मेदवार खरेल सुशासन पार्टीका अध्यक्ष हुन्, जो ४ मंसिरको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार थिए । तर उनी पाँचौं स्थानमा रहे । यो पटक भने उनले बारा २ मा रास्वपाबाट उम्मेदवारी दिने निर्णय गरेका हुन् । अर्थशास्त्री वाग्लेले भने बिहीबार मात्र कांग्रेस परित्याग गरेका थिए । उनी मंसिरको चुनावमै कांग्रेसमा टिकटका आकांक्षी थिए । गोरखा, चितवन १ र काठमाडौं ५ मध्ये जहाँ भए पनि चुनाव लड्ने बताएका उनले टिकट नै पाएनन् । सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणाका कारण टिकट नदिइएको र त्यसपछि पनि निरन्तर अपमान भएकाले कांग्रेस छाडेको उनको तर्क छ । ‘जनताको लागी सक्यो ह्वीप, उपनिर्वाचनमा क्लिन स्वीप’ को नारा दिएको रावस्पाका नेताहरुले तीन वटै क्षेत्रमा उपचुनाव आफ््नो दलले जित्ने दाबी गरेका छन् । उम्मेदवारी घोषणाका लागि शनिबार पार्टी कार्यालय, धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा रास्वपा सभापति लामिछानेले भने, ‘यो उपचुनावमा हार्ने छुट छैन । स्वर्णिम वाग्लेलाई हराउने परिकल्पना यो देशले गर्न सक्दैन, रमेश खरेललाई हराउने कल्पना गर्न सक्दैन/हुँदैन ।’ वाग्ले र खरेलले व्यक्तिगत जीवनमा कमाउन पर्ने सबै कमाएको र समाजलाई केही दिन्छु भनेर राजनीतिमा आएकाले उनीहरुको संसदमा उपस्थित हुनुपर्ने लामिछानले बताए । दुबैलाई जितको शुभकामना दिएका लामिछानेले अघि भने, ‘हामी तीनै भाइ यहीँ विजय उल्लासका लागि जम्मा हुने छौं भन्ने आशा लिएको छु ।’ यो जनाउ घन्टी हो, बहुमतको सरकार बन्छ सभापति लामिछानेले रास्वपा सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी बन्ने दाबी पनि गरेका छन् । आफूहरुले भएका राजनीतिक दलहरुमा भएका विकृतिहरुलाई कसरी हटाउने होला भनेर ध्यान दिएको र व्यक्ति होइन, प्रणाली केन्द्रित विधान बनाएको बताए । त्यही कारण स्वर्णिम वाग्ले, रमेश खरेलहरु रास्वपामा अटाउन सकेको भन्दै उनले भने, ‘कयौं क्षमतावान व्यक्तिहरु यस पार्टीका माध्यमबाट मुलुकको सेवा गर्न तयार भएर बस्नु भएको छ । आजको कार्यक्रम यो आउँदै गरेको हजारौं क्षमतावान मान्छेहरु जोडिन आँटेको जनाउ घन्टी मात्र हो ।’ रास्वपा छिट्टै मुलुककै सबभन्दा ठूलो र सबभन्दा लोकतान्त्रिक पार्टी बन्ने उनको दाबी छ । उनले भने, ‘म त्यो दिनको कल्पना गरिरहेको छु, जतिखेल हामीले बहुमत वा दुई तिहाईको सरकार बनाउने छौं । संसदभरी हाम्रा सांसदहरु रहने छन् र हामीले सञ्चालन गरेको सरकारमा तपाईहरु जस्तो विशष विज्ञहरुले मन्त्रालय हाँक्नु हुनेछ ।’ कार्यक्रममा वाग्लेले छोटो अवधिमा द्रुत गतिमा नेपाल बनाउने महाअभियानमा होमिएको बताए । पैसाको लोभले राजनीतिमा विकृति बनाइरहेको भन्दै उनले रास्वपाले अभ्यास गरेको प्राइमरी सुशासनका लागि पहिलो खुड्किलो भएको बताए । उनले अघि भने, ‘अन्य पार्टीहरुमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ । झनै मालदार मन्त्रालयमा त १० औं करोडको डिल हुन्छ भन्ने छ । यसले टिकट पाउनकै लागि त्यत्रो महंगो भयो भने चुनावी खर्च कति हुन्छ ? सत्तामा पुगिसकेपछि झन के हुन्छ ? त्यसैले यो पैसाले हाम्रो राजनीतिलाई असाध्य विकृति बनाइरहेको छ ।’ चुनाव हार्नुभयो भने फेरि कांग्रेसमा फर्किने हो भन्ने प्रश्नमा उनले पछाडि फर्किने आफ्नो बानी नभएको बताए । चुनाव जित्ने विश्वास रहेको बताएका उनले फरक परिणाम आए रास्वपाको साधारण सदस्यका रुपमा रहने र पार्टीमा काम गर्ने बताए । उनले अघि भने, ‘अगाडि नै जाने गरी आएको हुँ ।’ अर्का उम्मेदवार खरेलले आफू मौका पाएर इमान्दार भएर निस्किएको व्यक्ति भएको बताए । रास्वपाबाट उम्मेदवार बनेपछि तपाईँले नेतृत्व गरेको सुशासन पार्टी के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘राम्रा मान्छेहरुले ठाउँ पाउनुपर्छ भनेर हामीले पार्टी बनाएका हौं । के गर्दा राम्रो हुन्छ गरौंला ।’ अनलाइनखबर
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  २१:०३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP