शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ढोरपाटनसँग सडक र राउण्ड धौलागिरिलाई व्यवस्थित बनाउन सांसद जुग्जालीको जोड
ढोरपाटनसँग सडक र राउण्ड धौलागिरिलाई व्यवस्थित बनाउन सांसद जुग्जालीको जोड
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, चैत २४, २०७९
Takam ra dharapani
ताकम । म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले ढोरपाटनलाई सडकले जोड्ने र राउण्ड धौलागिरी चक्रीय पदमार्गलाई व्यवस्थित बनाउन प्राथमिकता दिएको बताउनु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ ताकम र धारापानीमा बिहिबार स्थानीय वासीसँगको भेटघाट र अन्तरक्रियामा सहभागि हुदै जुग्जालीले म्याग्दी हुदै ढोरपाटनलाई सडकले जोड्न सकेमा मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न प्रयत्न गरेको बताउनुभयो । यसैगरी देशका धेरै पर्यटकीय गन्तब्यहरु सडकका कारण विस्थापित र पर्यटकको बसाई छोटिएका कारण अब धौलागिरी, अन्नपूर्ण, गुर्जा आधार शिविर र हिमाललाई केन्द्रित गरेर योजना बनाउन पालिका र संघीय सरकारसँग समन्वय गरेको जुग्जालीले बताउनुभयो । स्थानीय विकासका लागि समाज एकतावद्ध भएर सामुहिक हितको र जनजिवनलाई सुधार ल्याउने किसिमका योजना बनाउन अनुरोध गर्दै त्यसलाई कार्यान्वयन गर्न आफूहरु सक्रीयतापुर्वक लाग्ने प्रतिवद्धता जनाउनुभयो । गत चुनावमा जनतासँग गरेको बाचा र प्रतिवद्धता अनुसारनै पछिल्लो पटक राजनीतिक समिकरण बनेको बताउँदै अहिलेको गठबन्धन पाँच बर्षसम्मनै टिक्ने विश्वास दिलाउनुभयो । करिब दुई महिना गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका जुग्जालीले एमाले नेतृत्वको अहिलेको सरकारलाई विस्थापित गर्न माओवादीले विश्वासको मत फिर्ता लिएर सरकारबाट बाहिरिएको र अल्पमतमा परेको प्रदेश सरकारको आयु सकिन लागेको तथा छिट्ट्ै गठबन्धनको सरकार बन्ने बताउनुभयो । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अघिल्लो कार्यकालमा दुई पटक संसद विघटन गरेको ठिक हो भन्दै संसदमा सम्बोधन गरेपछि संविधानको रक्षा, शान्ति प्रक्रीयाको बाँकी काम पुरा गराउन, विकास, शुसासन र सम्बृद्धीको सपना पुरा गर्न संविधान बचाउन चाहने राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएको बताउनुभयो । सांसद जुग्जालीले गाउँपालिकामा प्रदेश सरकार मार्फत सञ्चालित विभिन्न आयोजनाहरुको अनुगमन समेत गर्नुभएको थियो । स्थानीयबासीहरुले दरवाङ–धारापानी, भरवाङ मोटरेबल पुल, दाङखोला पुल, ताकम अस्पतालको भवन लगायतका योजना निर्माणमा भएको ढिलाईका विषयमा ध्यानाकर्षण गराएका थिए । युवा क्लव, आमा समूह, विद्यालय र विभिन्न संघ संस्थाले जुग्जालीलाई सम्मान समेत गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०९:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP