शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनुपर्छ’
‘मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनुपर्छ’
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, पुस १, २०८०
IMG_0817
मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुलाई न्यायिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले स्थानीय तह अन्तरगतका मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनु पर्नेमा जोड दिनुुभएको थियो । मेलमिलाप केन्द्र र न्यायिक समितिमा आउने मुद्दाको प्रकृति, त्यसको व्यवस्थापन, विवाद निरुपणबाट भएको सकारात्मक पक्ष र चुनौतिका विषयमा छलफल भएको थियो । जिल्ला अदालत म्याग्दीका न्यायाधिश कृष्णप्रसाद नेपालले मेलमिलापकर्ता र न्यायिक समितिप्रति विश्वास दिलाउन आवश्यक रहेको बताउनुभयो । “न्याय माग्न नागरिक नआउनु भनेको समाजमा सबैले न्याय पाएको र कोही अन्यायमा नरहेको भनेर बुझ्नु भएन,” उहाँले भन्नुभयो “साँच्चिकै समाजमा न्याय भइरहेको छ भने त त्यो ठिक छ तर थिचो, मिचो र हिंसा सहेर बसेका हुन भने त्यसलाई दुःखको विषय मान्नुपर्छ ।” न्यायालयमा जाँदा न्याय पाइन्छ भन्ने विश्वास दिलाउनु सबैको दायित्व हुने न्यायाधिस नेपालले बताउनुभयो । न्यायकर्मी कानुनको दास भएर काम गर्नुपर्ने बताउदै न्याय सम्पादन गर्नेले आफ्नो र पराई नभनी न्यायालयको गरिमा र विश्वासलाई बचाउने गरि काम गर्नुपर्ने न्यायाधिश नेपालले बताउनुभयो । उहाँले जथाभावी सिफरिस नगर्न आग्रह गर्दै, फैसला कार्यान्वयन, म्याद तामेली जस्ता कार्यमा जनप्रतिनिधिहरबाट सहयोगको अपेक्षा गर्नुभयो । जिल्ला सरकारी वकिल कार्यालयका न्याधिवक्ता खेमराज पाठकले न्यायिक समिति, अदालत र अर्धन्यायिक समितिले आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्नुपर्ने बताउनुभयो । न्यायिक समिति र मेलमिलाप केन्द्रसँग सम्बन्धित मुद्दामा अदालत जानुपर्ने अवस्था आउन नदिन आग्रह गर्नुभयो । धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले वडामा रहेका मेलमिलाप कर्ताहरुलाई सक्रीय बन्न र सूचिकृत हुन आग्रह गर्नुभयो । मेलमिलाप केन्द्रलाई थप प्रभावकारी बनाइने उपाध्यक्ष पुनले बताउनुभयो । गत आर्थिक वर्षको जिम्मेवारी सरेर आएका ४ वटा सहित चालु आर्थिक वर्षको पाँच महिनामा ८ वटा मुद्दा दर्ता भएकोमा दुई वटा मेलमिलाप र दुई वटा निर्णय मार्फत फस्यौट गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सहभागि वडा अध्यक्षहरुले मेलमिलाप केन्द्रमा आउने मुद्दाका प्रकृति, त्यसको व्यवस्थापन र चुनौतिका विषयमा जानकारी गराउनुभएको थियो । गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, जिल्ला अदालतका श्रेष्तेदार, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो ।  
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०९:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP