शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम
सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस १८, २०८०
IMG_2061
सिंगा। म्याग्दीको बेनी नगरपालिका–४,सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम शुरु भएको छ ।शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजनामा ४५ दिनसम्म सञ्चालन हुने तालिममा ६० जनाको सहभागिता रहेको छ ।तालिम र केन्द्रको ११ औ वार्षिक साधारणसभाको सोमबार बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो । तालिमको सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएकी प्रजिया ब्युटीपार्लर टे«निङ सेन्टरकी सञ्चालक गंगा थापा कार्कीले सहजिकरण गर्नुहुने जनाएको छ । “सिमित स्रोत र साधनका बावजुत सामाजिक र आर्थिक क्षेत्रका कार्यक्रमलाई पनि जोड दिएका छौ,” कार्यक्रममा उपप्रमुख लामिछानेले भन्नुभयो “तालिमको सदुपयोग गरेर स्वरोजगार र आत्मनिर्भर बन्नुहुनेछ भन्ने अपेक्षा नगरपालिकाले गरेको छ ।”महिलाहरु स्वरोजगार र आत्मनिर्भर बनेपछि लैङ्गिक समानता र हिंसा न्युनीकरणमा सहयोग पुग्ने उपप्रमुख लामिछानेले बताउनुभयो । राज्यको लगानीको सदुपयोग र तालिमको उपयोग हुनुपर्ने उहाँले बताउनुभयो । बेनी नगरपालिकामा ७ वटा सिकाई केन्द्र मार्फत क्षमता विकास र आयआर्जनमुलक कार्यक्रम सञ्चालन भएको छ ।बेनी नगरपालिका–४,का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले टोल विकास संस्था, आमा समूहको सिफारिसमा सहभागी छनौट गरिएको बताउनुभयो । सिकाई केन्द्रको एक लाख रुपैयाँ बजेटले तालिमलाई अपुग हुने भएपछि वडा मार्फत थप दुई लाख रुपेयाँ बजेट व्यवस्थापन गरेको उहाँले बताउनुभयो । वडा सदस्य मिना कार्की र पवित्रा सार्कीले महिलाहरुलाई आत्मनिर्भर बनाउन र ब्युटीपार्लर सम्बन्धी सेवा लिन बेनी पुग्नुपर्ने समस्या हटाउन स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्न लागिएको बताउनुभयो । आधारभूत तहको तालिम लिएकाहरुलाई दोस्रो चरणमा एड्भान्स तहको तालिम दिने उहाँहरुले बताउनुभयो ।शिवालय सिकाई केन्द्रका अध्यक्ष भरत शर्माले गत वर्ष व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम दिएको र यसपाली महिलाहरुको माग अनुसार सौन्दर्यकला सम्बन्धी तालिम आयोजना गरेको बताउनुभयो । केन्द्रका सदस्य रामप्रसाद शर्माले प्रगति प्रतिवेदन पेश गर्दै साक्षरता अभियानका क्रममा स्थापना भएको केन्द्र अन्तरगतका ६ वटा समुहले बचत, सहुलियत ब्याजदरमा बिना धितो ऋण लगानीका साथै विभिन्न सामाजिक काम गरेको बताउनुभयो ।केन्द्रका परिचालक सिता थापा कुँवरले सेवा क्षेत्र भित्र न्युन आय भएका महिलाहरुलाई विभिन्न आयआर्जन समूहमा आवद्ध गराई समुहलाई विउ पुँजी उपलब्ध गराएको र नियमित बैठक राख्ने गरिएको बताउनुभयो । सो कार्यक्रम देखि अतिथिहरुलाई मायाको चिनोका रुपमा स्थानीय उत्पादन उपहार दिन थालिएको छ ।सोमबारको कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख लामिछानेलाई सुन्तला उपहार दिएको र अन्य कार्यक्रमका अतिथिहरुलाई मौसम अनुसार फलफुल तथा कृषि उपज मायाको चिनो दिने वडा सदस्य सन्दिप खत्रीले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ११:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP