शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • प्रविधि र सीप सँगसँगै केवि एकेडेमीमा आइटि क्लासको तयारी (तस्बिरहरू)
प्रविधि र सीप सँगसँगै केवि एकेडेमीमा आइटि क्लासको तयारी (तस्बिरहरू)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन ४, २०८०
kb
दरबाङ ।पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा अवस्थित के.वि एकेडेमी एण्ड मन्टेश्वरी होम्सले आइटि क्लास संचालनका साथै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानका लागि तरकारी खेती लगाएत विभिन्न प्रयोगात्मक कार्यहरुको तयारी सुरु गरेको छ ।विद्यार्थी र अभिभावकको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयले २० प्रतिशत छुटमा स्वास्थ्य जाँच तथा उपचार गर्न पाउनेगरी दरबाङ स्थित दरबाङ पोलिक्लिनिकसँग सम्झौता गरिसकेको छ । त्यसैगरी विद्यार्थी र अभिभावकलाई यातायातमा छुट दिनाउन यातायात व्यवसायीसँग सम्झौता गर्न लागिएको विद्यालयको संचालक तथा प्रवन्ध निर्देशक हिरा पुनले बताउनुभएको छ । प्रि–प्राइमरी लेभल ९मन्टेश्वरी० को लागि छुट्टै ब्लक रहेको यस विद्यालयमा आगामी शैक्षिक वर्षदेखि आइटि क्लासको समेत तयारी सुरु भएको छ ।अहिलेको समय सूचना प्रविधिको समय भएकोले विद्यालय तहमा नै विद्यार्थीहरुलाई सूचना प्रविधिमा पोख्त बनाएर पठाउने उद्धेश्य सहित आइटि क्लासको तयारी गरिएको प्रवन्ध निर्देशक पुनले बताउनुभयो । त्यसैगरी पश्चिम म्याग्दीका विभिन्न गाउँहरुमा कृषि र पर्यटनको समेत प्रशस्त सम्भावना रहेकोले विद्यालय तह देखि नै यी क्षेत्रहरुको बारेमा जानकारी दिन विद्यालयकै जग्गामा तरकारी खेती र नर्सरी स्थापनाको काम पनि अघि बढाइने उहाँले बताउनुभयो । त्यसैगरी पर्यटकीय स्थलहरुको जानकारी,होमस्टे (घरबास सेवा) को महत्व लगाएतका विषयहरुमा पनि विद्यार्थीहरुलाई सिकाउन सुरु गरिएको उहाँको भनाइरहेको छ ।विद्यालयका प्रिन्सिपल बिमल शर्माका अनुसार बालमनोविज्ञानलाई ध्यान दिँदै प्रि पाइमेरी तहदेखि नै नयाँ व्यवस्थापन र पूर्वाधार सहित कक्षा संचालन भैरहेको र आगामी शैक्षिक वर्षमा अझै व्यवस्थित गर्नका लागि तयारी सुरु भैसकेको छ । त्यसैगरी आगामी शैक्षिक वर्ष ९वैशाख० देखि कम्प्यूटर सिक्न चाहने अभिभावकहरुलाई पनि हरेक शुक्रवार कम्प्यूटर कक्षा संचालन गरिनेभएको छ । प्री प्राइमेरी ब्लकमा क्यान्टीन, खेलमैदान र प्रि–प्राइमरी विद्यालय प्रशासन पनि रहेको छ । १२ महिना घाम लाग्ने, उज्यालोको राम्रो व्यवस्था भएको कक्षा कोठाहरु पनि सजिएको र भुईमा म्याटसहितको कार्पेटिङ गरिएको छ । बालबालिकाहरुलाई पौष्टिकताले युक्त आग्र्यानिक खाजा,खेल्नका लागि फलामे पिङ, स्प्रिङ जम्पिङ लगाएतका साधनहरु जोडिएको छ । आ–आफ्नै शैक्षिक सामाग्री, दैनिक उपभोग्य सामान र जुत्ता राख्ने ¥याक समेत छुट्टाछुट्टै राखिएको छ ।त्यस्तै विद्यालयले गत बुधबार सरस्वती पूजाका दिन विद्यार्थीहरुका लागि निःशुल्क भर्ना लिएको छ । एकैदिन सोचेभन्दा बढी बालबालिकाहरु भर्ना भएका प्रिन्सिपल शर्माले बताउनुभयो ।के.वि एकेडेमी शैक्षिक गुणस्तरमा अब्बल मात्र नभएर इसिए र सिसिएमा पनि विद्यालयले उत्कृष्टता प्राप्त गर्दै आएको छ । यस विद्यालयमा अहिले पिजीदेखि कक्षा १० सम्म चारसय भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका विद्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १९:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP