शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विश्वविद्यालय 'गोल्ड मेडलिस्ट'लाई निजामती सेवामा सिधै प्रवेश दिउँ : सांसद खनाल
विश्वविद्यालय 'गोल्ड मेडलिस्ट'लाई निजामती सेवामा सिधै प्रवेश दिउँ : सांसद खनाल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस ३, २०८१
inbound5274410450067793929
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालका विश्वविद्यालयमा सर्वोत्कृष्ट हुने विद्यार्थीहरूलाई निजामती सेवामा सिधै प्रवेश गराउनका लागि कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलका क्रममा सांसद खनालले विश्वविद्यालयमा 'गोल्ड मेडल' प्राप्त गर्ने विद्यार्थीलाई नेपालमा नै सेवा दिने वातावरण बनाउनुपर्ने प्रस्ताव गर्नुभएको हो। निजामती सेवामा युवाहरूलाई आकर्षित गर्ने र विश्वविद्यालयमा सर्वोत्कृष्टलाई नेपालमा नै काम गर्ने वातावरण बनाउनका लागि निजामती सेवाका उच्च पदहरूमा बाहिरका व्यक्तिहरूको सिधै नियुक्ति (ल्याटरल इन्ट्री) को व्यवस्था राख्नुपर्ने प्रस्ताव खनालले राखेका हुन् । 'नेपाली विश्वविद्यालयका टपरहरू (गोल्ड मेडलिस्ट) लाई सिधै निजमती सेवामा प्रवेशका लागि कानुन बनाउनुपर्छ । निजामती सेवा विधेयकमा ल्याटरल इन्ट्रीको व्यवस्था गरौं जसका कारण नेपालका विश्वविद्यालय टप गर्नेहरूले अमेरिका, अस्ट्रेलियाका युनिभर्सिटीहरूमा प्रोफेसर बन्ने भन्दा पनि नेपालको निजामती सेवामा प्रवेश गरुन्,'<span;>खनालको प्रस्ताव थियो । यस्तो व्यवस्था गर्दा मुलुकको निजामती सेवाप्रति आकर्षण बढ्ने उहाँको तर्क थियो । युवाहरूलाई निजामती सेवामा आकर्षित गर्नका लागि पनि कानुनी व्यवस्था निजामती विधेयकमा राख्नुपर्ने बताउनुभयो । त्यस्तै, आरक्षणको व्यवस्था एक व्यक्तिलाई एक पटकका लागि मात्रै गर्नुपर्ने प्रस्ताव पनि खनालले राख्नुभएको छ । उनले एउटै व्यक्ति आरक्षणबाट सेवा प्रवेश गर्ने र त्यसपछि पनि बारम्बार आरक्षणबाट नै पदोन्नती हुने व्यवस्था सही नभएको बताउनुभयो । सांसद खनालले सहसचिवमा खुला प्रतिस्पर्धाको व्यवस्था राख्न नहुने पनि बताउनुभएको छ । उहाँले सिधै सहसचिवमा खुला प्रतिस्पर्धाबाट आउँदा अनुभवकाे कमीका कारण काममा प्रभाव पर्ने बता उनुभयो । सहसचिव पद आन्तरिक प्रतिस्पर्धाबाट गर्नुपर्ने उहाँको भनाइ छ । कान्तिपुर
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP