शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • युवा तथा खेलकुद क्षेत्रमा प्रयाप्त स्रोत नभएको मन्त्री महर्जनको गुनासो
युवा तथा खेलकुद क्षेत्रमा प्रयाप्त स्रोत नभएको मन्त्री महर्जनको गुनासो
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस ८, २०८१
inbound4108819063885860237
हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले स्रोत साधनको अभावका बिचबाट युवा तथा खेलकुद क्षेत्रको योजनाहरू सञ्चालन गर्नुपरेको गुनासो गर्नुभएको छ। मन्त्रालयको बजेट न्यून रहेकाले युवा तथा खेलकुद क्षेत्रमा पर्याप्त मात्रामा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाउन नसकेको उहाँले बताउनुभयो । युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बजेटको सीमितताका कारण अपेक्षाकृत उपलब्धि प्राप्त गर्न कठिन भएको बताउनुभयो। आफू मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र सो बजेट निकै न्यून भएका कारण काम गर्न कठिनाइ भइरहेको उहाँको भनाई छ । ‘मैले चाहेको भए अन्य विकासे मन्त्रालय पनि लिन सक्थेँ । तर, म खेल क्षेत्रबाट आएको मानिस युवा र खेलाडीको भावना बुझ्न सक्छु । खेलकुद मन्त्रालय कसरी चलाउने भन्ने विषयमा मलाई राम्रो ज्ञान छ । तर, म मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको थियो जुन अत्यन्तै न्यून छ । त्यस कारण सोचे अनुसारको काम गर्न सकिएको छैन ।’ उहाँले भन्नुभयो। उहाँले बजेट वृद्धि गर्न प्रदेश सरकारसँग नियमित रूपमा पहल भइरहेको बताउनुभयो। मन्त्रालय मातहतका कार्यालयले सञ्चालन गर्दै आइरहेको आयोजनाहरूलाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता समेत मन्त्री महर्जनले व्यक्त गर्नुभयो । उहाँले कार्यालय प्रमुखहरूलाई उच्च मनोबल सहित काम गर्न निर्देशन समेत दिनुभयो । उहाँले देखिने, सुनिने र नागरिकले अनुभूत गर्ने गरी उत्प्रेरित भएर काम गर्न तथा आगामी दिनमा मन्त्रालयको वार्षिक कार्य योजना बमोजिम नतिजा हासिल गर्ने तर्फ अग्रसर हुन निर्देशन दिनुभयो। मन्त्री महर्जनले प्रभावकारी रूपमा कार्य सम्पादन गर्न तथा उपयुक्त ढङ्गका योजनाहरू तयार गर्न निर्देशन दिनुभयो। बैठकमा प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले खेलकुद क्षेत्रको विकास एवम् विस्तारका लागि परिषद्बाट छोटो समयमा उल्लेख्य प्रयास भएको बताउनुभयो । उहाँले राज्यले खेलकुदको विषय पाठ्यक्रममा नै समावेश गरेर अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले परिषद्बाट सञ्चालन भइरहेका युवा लक्षित कार्यक्रमबारे जानकारी गराउँदै तथ्याङ्क व्यवस्थापन नहुँदा तालिम कार्यक्रम सञ्चालन गर्न केही कठिनाइ भएको भन्दै त्यसतर्फ सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा क्रमशः सामाजिक विकास कार्यालय काभ्रेपलान्चोक, ललितपुर, मकवानपुरका कार्यालय प्रमुखहरूले सञ्चालित आयोजनाको भौतिक एवम् वित्तीय प्रगतिबारे जानकारी गराएका थिए । उनीहरुले मन्त्रालय र अन्तर्गतका निकायहरूको त्रैमासिक प्रगतिका साथै आयोजनाहरुको वित्तीय एवं भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरूबारे प्रस्तुतीकरण गरेका थिए । रातोपाटी
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १८:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP