शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • संविधान संशोधनका विषय पहिल्याउन संयन्त्र बनाउँदै दलहरू
संविधान संशोधनका विषय पहिल्याउन संयन्त्र बनाउँदै दलहरू
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस ९, २०८१
inbound3270123176820637049
काठमाडौं । प्रमुख राजनीतिक दलहरू संविधान संशोधनको बहसमा केन्द्रित हुन खोजेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले गत १७ असार मध्यराति नयाँ सत्ता गठबन्धन बनाउँदा संविधान संशोधनलाई मुख्य आधार बनाएका थिए । तर, पाँच महिनासम्म उक्त सहमतिले ठोस आकार लिन सकेको छैन । तथापि, मुख्य राजनीतिक दलहरू आन्तरिक रूपमा संशोधनका विषय के कस्ता हुन सक्छन् भनेर बहसमा केन्द्रित भएका हुन् । नेताहरूका अनुसार कांग्रेस र एमालेले बेग्लाबेग्लै कार्यदल बनाउन लागेका छन् । दुई दलबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने विषय उल्लेख छ । त्यसअनुसार औपचारिक रूपमा संविधान संशोधनको गृहकार्य अगाडि बढाउन सत्तारूढ दलले छुट्टाछुट्टै संयन्त्र बनाउन लागेका हुन् । गत आइतबार काठमाडौं महानगरपालिका-३० को वडा सम्मेलनलाईमा कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेले संविधान संशोधनका लागि संयन्त्र बनाएर काम सुरु गर्ने बताउनुभएको थियो । ‘संविधान संशोधनको बहस प्रारम्भ भएको छ । यसका लागि कांग्रेस र एमालेले एउटा संयन्त्र बनाउँछन्,’ महामन्त्री थापाले भन्नुभएको थियो । महामन्त्री थापाका अनुसार सुरुमा सत्तारूढ दलका बीचमा संविधान संशोधन गर्न सक्ने विषयमा समझदारी कायम गर्ने र त्यसपछि अन्य राजनीतिक दलहरूसँग संवाद गर्ने तयारी छ । सत्तारुढ कांग्रेस र एमालेले संयन्त्र बनाएर संविधान संशोधनको गृहकार्य अगाडि बढाउन खोजिरहेका बेला विपक्षी दलहरूले भने छलफल अगाडि बढाइसकेका छन्। नेकपा एकीकृत समाजवादीले संविधान संशोधन सुझाव कार्यदल गठन गरिसकेको छ । २ पुसमा सम्पन्न पार्टीको स्याथी कमिटीको बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई सदस्य छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संविधान संशोधनमा पार्टीका एजेन्डा के-के हुन् भनेर तय गरिसकेको छ । माओवादीका महासचिव देव गुरुङका अनुसार २१ पुसमा बस्ने केन्द्रीय समिति बैठकले औपचारिक रूपमै संविधान संशोधनका एजेन्डालाई पार्टीले सार्वजनिक गर्नेछ । महासचिव गुरुङका अनुसार यसअघिको पदाधिकारी र स्थायी समिति बैठकले संविधान संशोधनका लागि मुख्य तीन वटा एजेन्डा अगाडि बढाउने तय गरेको छ । जसमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद मन्त्री बन्न नपाउने विषय छन् । यी विषय माओवादीले संविधान जारी हुँदै पनि राखेको थियो । त्यसबेला कांग्रेस र एमालेले यी एजेन्डामा सहमति जनाएका थिएनन् । कांग्रेस र एमालेको सहमतिबिना यी विषय अघि बढ्न नसक्ने भएपछि माओवादीले यी तीनवटै एजेन्डालाई संविधानमा ‘नोट अफ डिसेन्ट’ का रूपमा राखेको थियो । कांग्रेस र एमालेले संविधान संशोधनको विषय अगाडि सारेपछि माओवादी केन्द्रले संविधान जारी हुँदा ‘नोट अफ डिसेन्ट’ का रूपमा राखेका मुद्दालाई पुनः अगाडि सारेको हो । माओवादी केन्द्रको २१ पुसमा केन्द्रीय समिति बैठक बस्दै छ । जहाँ संविधान संशोधनको अन्य विषयमा समेत छलफल हुने नेताहरू बताउँछन् । महासचिव गुरुङ आफूहरू सरकारलाई सहज हुने गरी प्रस्तुत हुने बताउनुहुन्छ। निर्वाचन प्रणाली महँगो लागे पूर्ण समानुपातिकमा जाऔं भन्ने आफूहरूको प्रस्ताव रहेको सुनाउँछन् । राजनीतिक स्थिरता चाहिए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने शासकीय स्वरूपमा जानुपर्ने माओवादीको प्रस्ताव छ । संसद् बाहिरबाट मन्त्री बनाए सांसद विधि निर्माणमै लाग्छन् र विधि निर्माणको कामले पनि रफ्तार लिन्छ र मुलुकले समग्रतामा गति लिन्छ भन्ने आफूहरूको बुझाइ रहेको उहाँ सुनाउँनुहुन्छ । संविधानले केही संवैधानिक आयोगको काम कारबाही पुनरावलोकनबाहेक अन्य विषय कति समयमा परिमार्जन हुने भनेर यकिन गरेको छैन । १० वर्षमा संवैधानिक आयोगको काम मूल्यांकनको समयसीमा तोकेको छ । यसैलाई प्रमुख आधार बनाएर दलहरूले संविधान संशोधनको गृहकार्य अगाडि बढाएका हुन् । संविधान प्रारम्भ भएपछि अभ्यासमा देखापरेका सबल र कमजोर पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने कांग्रेस र एमालेको सार्वजनिक अभिव्यक्ति छ । तर, संशोधनको विषयवस्तु भने सत्तारुढ दलहरूले औपचारिक रूपमा सार्वजनिक गरेका छैनन् । अनलाईन खबर
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १६:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP