शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • चुनावमा लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ : गगन थापा
चुनावमा लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ : गगन थापा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस २०, २०८१
inbound213758211611907708
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावमा सबैभन्दा धेरै मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ। स्थिर सरकार चलाउन अहिलेको निर्वाचन प्रणाली नै बाधक भएको भन्दै थापाले निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने धारणा राख्नुभएको हो। ‘निर्वाचन प्रणाली यस्तो बनाइएको छ कि त्यो राजनीतिक दलले पाँच वर्ष सरकार चलाउन पाउँदैन,’ गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई शनिबार पोखरामा सम्बोधन गर्दै थापाले भन्नुभयो, ‘जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ, त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।’ अहिलेको संवैधानिक व्यवस्था अनुसार बहुमत नपाउँदा अर्को दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता हुने गरेको भन्दै उनले नेपालमा गठबन्धनको विकृत अभ्यास भएको बताउनुभयो। ‘गठबन्धनको यति तीतो अनुभव हामीसँग रह्यो, गठबन्धनको यति विकृत अभ्यास हामीहरुका सन्दर्भमा भयो । चुनाव अगाडिका लागि मात्र होइन, चुनाव पछि पनि हेर्नुस् त यसबीचमा हामीले कतिवटा सरकार बदल्यौं ?’ पूर्वमन्त्री समेत रहेका थापाले भन्नुभयो, ‘सरकारमा बसेको प्रधानमन्त्रीले हरेक दश दिनमा यो सरकार बदलिन्न भन्नुपर्ने अवस्था छ । भाषण यो सरकार बदलिन्न भन्नेबाट सुरु हुन्छ ।’ अरु कतिपय देशमा गठबन्धन सरकार लामो समयसम्म चलेको तर नेपालको सन्दर्भमा गठबन्धन सरकार ठिक नभएको उहाँले बताउनुभयो । ‘जर्मनीमा १५ वर्ष २० वर्ष लगातार गठबन्धनको सरकार चल्यो । नचल्ने होइन । गठबन्धनको सरकार चलाउने एउटा संस्कार, संस्कृति हुन्छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो सन्दर्भमा त्यो फिट भएन भन्न मिल्छ । त्यसो भए के हुनुपर्छ ? त्यसोभए जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ ।’ उहाँले अहिलेको समावेशितालाई कायम राख्दै लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनुपर्ने व्यवस्था संविधानमा गर्नुपर्ने उनको धारणा छ । सँगसँगै प्रदेश सरकारको मन्त्रिपरिषदको आकार घटाउनुपर्ने पनि उहाँले बताउनुभयो । प्रदेश सरकारमा चार–पाँच जना मन्त्री रहने भनेर संविधानमै लेख्नुपर्ने उहाँले बताउनुभयो । ‘सरकारको साइज ठूलो भयो । यत्रो सरकार चाहिँदैन, यति धेरै चाहिँदैन’ कांग्रेस महामन्त्री थापाले भन्नुभयो, ‘प्रदेशमा चार जना–पाँच जना कति जना मन्त्री बनाउने हो संविधानले बाँध्नुपर्छ । अहिले संविधानमा २५ जना मन्त्री भनेर नलेखिएको भए केन्द्रमा ५० जना मन्त्री बनेका हुन्थे ।’ अनलाईन खबर
प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १५:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP