शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • यो सरकारसँग जनता खुसी छैनन्, कांग्रेसभित्रै पनि चरम असन्तुष्टि देखिन्छ : अध्यक्ष दाहाल
यो सरकारसँग जनता खुसी छैनन्, कांग्रेसभित्रै पनि चरम असन्तुष्टि देखिन्छ : अध्यक्ष दाहाल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, माघ १, २०८१
inbound4729963125607958549
सिन्धुपाल्चोक ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अपारदर्शी भएको बताउनुभर्को छ । मंगलबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको  सुकुटेमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा अध्यक्ष दाहालले वर्तमान सरकार ढल्ने निश्चित रहेको समेत ठोकुवा गर्नुभयो। 'रातको १२ बजे सुटुक्क बसेर जनताबाट लुकाएर तत्कालीन गठबन्धनबाट सरकार बनाइएको छ ,यस अप्राकृतिक , असंवैधानिक सरकारप्रति जनता पनि खुसी छैनन् ,'दाहालले भन्नुभयो । कांग्रेसभित्रै सरकारलाई लिएर तीव्र असन्तुष्टि रहेकोसमेत उनको भनाइ छ । 'यस सरकारप्रति जनता खुसी छैनन्, सरकारलाई लिएर कांग्रेसभित्र पनि गहिरो र चरम असन्तुष्टि देखिन्छ,'उहाँले भन्नुभयो । संवैधानिक व्यवस्था,विद्युत् प्राधिकरणमा हस्तक्षेप गर्दै सरकारले सदन छलेर अध्यादेशबाट शासन गरिरहेको उहाँले उल्लेख गर्नुभयो। उहाँले सरकारलाई सदन खुलाउन माग गरेको र सदनका लागि कुरिरहेको बताउनुभयो। सिन्धुपाल्चोकको प्रत्येक विपद्‍मा आफू साथमा रहेको र तातोपानी नाकालाई अझै सहज बनाउन चीनका राष्ट्रपति सी चिनफिङसँग तीन पटक सिधै कुरा गरेको उहाँले बताउनुभयो । अरनिको र कोदारी राजमार्ग को जीर्ण अवस्था देखेर सुकुटे आएलगत्तै भौतिक तथा योजना मन्त्रालयमा कुरा गरेको र मन्त्रालयले चाँडै सडक स्तरोन्नति गर्ने प्रतिबद्वता गरेको उहाँले जानकारी दिनुभयो । लगातार सुकुटे आइरहनुमा गहिरो भावनात्मक सम्बन्ध समेत भएको उहाँले बताउनुभयो। सोमबार सुकुटे पुगेका दाहालले मंगलबार माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने ८औं पुरुष र ७ औं महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्‍घाटन गर्नुभएको छ। कान्तिपुर
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १५:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP