शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • शिख माविको आवासीय छात्रावास भवन शिलन्यास (तस्बिर /भिडियो)
शिख माविको आवासीय छात्रावास भवन शिलन्यास (तस्बिर /भिडियो)
Suren Gurung
Suren Gurung आइतबार, असार ७, २०७७
shikha mavi (1)

सुरेन गुरुङ्ग
शिख ,आइतबार असार ०७ गते ।

म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ स्थित शिख माबिको नमुना आवासीय छात्रावास भवन शिलन्यास गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको संयुक्त लागत साझेदारीमा बन्न लागेको ३० कोठे भवनको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले शुक्रबार एक कार्यक्रमका विच शिलन्यास गर्नुभएको हो ।

कार्यक्रममा अध्यक्ष क्याप्टेन पुनले दुर्गम क्षेत्रबाट आउने विद्यार्थीलाई छात्रावास भवनले थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासलाई जोड दिएको उहाँको भनाइ थियो । विद्यालयमा अध्ययन गरेका ब्यक्तीहरु राज्यको उच्च तह सम्म पुग्नु गौरबको बिषय भएको बताउनुभयो ।साथै गाउँपालिका अध्यक्ष क्याप्टेन पुनले विद्यालयलाई शिक्षाको क्षेत्रमा अगाडी ल्याउनका लागि अन्नपुर्ण गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रदेश सकार सामाजिक विकास मन्त्रालयको ६० लाख र गाउँपालिकाको ५० लाख गरेर १ करोड दश लाख रुपैयाँमा बन्न लागेको भवनको निर्माण ठेक्का उत्तरगंगा निर्माण सेवाले पाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी मंसिर महिना भित्रमा भवन निर्माण सम्पन्न हुनेछ । यो बर्ष ३० कोठे भवन निर्माण हुनेछ भने आगामी बर्ष थप ३० कोठे गरेर दुई करोड ३७ लाख रुपैयाँको कुल बजेट रहेको अधिकृत सुवेदीले बताउनुभयो । दुई सय बढी क्षमताको बालमैत्री नमुना आवासीय छात्रावास भवन निर्माण हुनेछ ।

छात्रावास भवन निर्माण भएमा विद्यार्थीहरुका लागि सम्पुर्ण आवश्यक सेवा सुविधा विद्यालयमा उपलब्ध हुने गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले बताउनुभयो । गाउँपालिकाभित्रका दश वटा विद्यालयको स्थलगत अध्ययन तथा अनुगमन गरी गाउँपालिकाले सिफारिस गरेको आधारमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले गत बर्ष शिख माबिलाई नमुना आवासिय विद्यालयमा सुचिकृत गरेको थियो । आवासिय छात्रावास निर्माण भएमा टाढाबाट आउने विद्यार्थीहरुलाई सहज हुने विद्यालयका प्रअ केदार बहादुर कार्कीले बताउनुभयो ।

https://www.facebook.com/myagdinews/videos/701531947059549/


प्रकाशित मिति: आइतबार, असार ७, २०७७  १०:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP