शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • डोल्पामा वर्षासँगै हिमपात, हवाई सेवा बन्द
डोल्पामा वर्षासँगै हिमपात, हवाई सेवा बन्द
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, माघ २३, २०७७
heu
डोल्पा । हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात भएको छ। बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात सुरु भएको हो। जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएको छ। त्यसैगरी तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने अधिकांश क्षेत्र हिउँले ढाकिएका छन्। उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकामा पनि बाग्लो हिँउ जमेको छ। हिमपातका कारण उपल्लो डोल्पाको जनजीवन कष्टकर भएको शे–फोक्सुण्डो गाउँपालिकाका वडाध्यक्ष निमा लामाले बताए। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भएकाले पनि उपल्लो डोल्लामा कात्तिक अन्तिमदेखि नै हिउँ पर्न सुरु भएको र आजसम्म दर्जन धेरै पटक हिमपात भइसकेको उनको भनाइ छ। हिउँदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजंगल हिउँले सेताम्य र मनमोहक देखिएका छन्। मौसममा अझै सुधार नभएकाले फेरि पनि हिमपात हुने सम्भावना देखिएको छ। हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असर बढ्न थालेको बताइएको छ। हिमाली जिल्लामा आठ दश वर्षअघिसम्म हिउँदको दुई महिनामै सात–आठ पटक हिउँ पर्ने भए पनि अहिले एक पटक पनि मुस्किलले हिँउ पर्ने गरेको जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले बताए। हिमालमा हिउँ नपर्नु, तालतलैया नदीनालाका सतह घट्नु, हिमाल सुक्खा र नाङ्गा देखिनु जलवायु परिवर्तनको असर भएको उनोको भनाइ छ। त्यस्तै हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध भएको छ। धावनमार्गमा बाग्लो हिउँ जमेका कारण बिहीबार सम्पूर्ण उडानहरु रद्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ। काठमाडौँ र नेपालगञ्जदेखि कुनै पनि उडान हुन नसकेको प्राधिकरणको भनाइ छ । लामो समयपछि परेको हिमपातका कारण डोल्पाली कृषक भने उत्साहित भएका छन्। हिउँले ढपक्क हुनुपर्ने हिउँदकै समयमा वर्षात् र हिमपात नभएर खेतबारीमा लगाएको अन्नबाली सुक्न थालेपछि वर्षभरि कसरी गुजारा गर्ने भनेर कृषक चिन्तित भएका थिए। अग्ला गाउँबस्तीमा हिमपात र अली होचा गाउँबस्तीमा वर्षात् भएपछि जिल्लाभरिका कृषक खुसी हुनुका साथै अन्नबालीका लागि सुविकाल सुरु भएको बताए। जिल्लाभरि नै बिहीबार रातिदेखि सुरु भएको वर्षातसँगै भएको हिमपातका कारण आलु, गहुँ, जौँ, उवालगायत अन्नबाली सप्रिनुका साथै उत्पादनमा समेत वृद्धि हुने आशा गरिएको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय कृषक भीमप्रसाद देवकोटाले बताए। हिँउदमै परेको खडेरीले गर्दा खेतमा लगाइएको गहुँ, जौँ आलु सुक्न थालेकाले वर्षभरी कसरी जीविकोपार्जन गर्ने भनेर चिन्तामा थियो, भोकमरी पर्ने होकि भन्ने डर उत्तिकै थियो, तर ढिलै भए पनि वर्षात्सँगै हिमपात भयो,देवकोटाले भने। यसैगरी, यसपटक परेको वर्षात्सँगै भएको हिमपातले कृषक मात्र नभई यार्सा संकलक पनि उत्साहित भएका छन्। बहमूल्य जडीबुटी यार्सागुम्बाका लागि अत्याधिक चिसो आवश्यकपर्ने भएकाले भारी हिमपात र वर्षात्ले यार्सागुम्बाको परिमाणसँगै गुणस्तरमा समेत वृद्धि हुने स्थानीय संकलकको भनाइ छ। जिल्लावासीको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको यार्सागुम्बा अघिल्लो वर्ष कोरोना भाइरसका कारण जिल्लाभरि नै संकलनमा प्रतिबन्ध लगाइएको थियो। प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार अन्तिमसँग यार्सागुम्बा संकलन गरिन्छ। यसपटक वर्षातसँगै परेको हिमपातका कारण रोगव्याधि हट्ने विश्वास गरिएको छ। लामोसमय खडेरी पर्दा बडेको धुलोका कारण रुघाखोकीका बिरामी बढेकाले यो पटकको वर्षात्ले जमीन भिजेर धुलो हटेको स्थानीले बताए। तीव्र गतिमा हावा चल्ने गाउँबस्तीमा प्रत्येक दिन धुलो उडेर चारैतिर फैलने गरेरकाले मान्छे बिरामी पर्ने गरे पनि अब बाटाघाटामा धुलो नउड्ने र रोगव्याधि पनि हट्ने उनीहरुको विश्वास छ। रासस
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १५:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP