शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • क्यानडामा अत्याधिक गर्मीका कारण १३० जनाको मृत्यु
क्यानडामा अत्याधिक गर्मीका कारण १३० जनाको मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार १६, २०७८
ओटावा । उत्तर अमेरिकी मुलुक क्यानडामा अहिलेसम्मकै अत्याधिक गर्मी भएको छ। मंगलबार त्यहाँ ४९.६ डिग्री तापक्रम पुगेको थियो, जुन अहिलेसम्मकै बढी हो। बिबिसीका अनुसार क्यानडाको ब्रिटिस कोलम्बियास्थित लिट्टनमा लगातार तीन दिनसम्म ४५ डिग्रीभन्दा बढी तापक्रमको गर्मी भएको हो। गर्मी हुँदा क्यानडामा मात्रै शुक्रबारयता एक सय ३० जनाले ज्यान गुमाइसकेको भ्यानकुभर प्रहरीले जनाएको छ। मृत्यु हुनेहरू प्रायस् बिरामी वा वृद्ध-वृद्धा छन्।उनीहरूको मृत्यु हुनुको प्रमुख कारण गर्मी नै भएको बताइएको छ। त्यस्तै, संयुक्त राज्य अमेरिकाको उत्तर-पश्चिमी क्षेत्रमा पनि गर्मी अत्याधिक बढेको छ। त्यहाँ पनि मानिसहरूले ज्यान गुमाएका छन्। क्यानडा र अमेरिकाको पश्चिमी भागमा अत्याधिक गर्मी उच्च-दबाब (प्रेसर) सहितको तातो हावाका कारण बढेको विज्ञहरूले बताएका छन्। क्यालिफोर्नियाबाट आर्टिक क्षेत्रहरूमा जाँदै गरेको तातो हावाका कारण गर्मी अत्याधिक बढेको हो। गत आइतबार अघि क्यानडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थिएन। अहिलेसम्मकै सबैभन्दा गर्मी हप्ताको अनुभव गर्नुपर्दा परिवारहरू तथा समुदायले विनाशकारी परिणाम भोग्न परेको ब्रिटिश कोलम्बिया प्रिमियर जोन होर्गनले बताए। गर्मीकै कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। भ्यानकुभरमा मात्रै गर्मीकै कारण शुक्रबारयता ६५ जनाले ज्यान गुमाएका छन्। 'म प्रहरी अधिकारी भएको १५ वर्ष भयो र अहिलेसम्म छोटो समयमा यत्रो संख्यामा एक्कासी मानिसको मृत्यु भएको कहिल्यै अनुभव गरेको थिइनँ,' अधिकारी स्टिभ एडिसनले भने। शहरहरूमा थप प्रहरीहरू परिचालन गरिएका छन् भने प्रहरीको हेल्पलाइन नम्बरहरूमा निरन्तर फोन आइरहेका छन्। स्थानीय मेघन फाड्रिचले बाहिर जान असम्भवजस्तै भएको बताएका छन्। यो सहन नसक्ने खालको छ,' उनले भनिन्, 'हामी सकेसम्म भित्रै बस्ने प्रयास गरिरहेका छौं। गर्मीमा बस्ने हाम्रो बानी त छ र यो सुख्खा गर्मी हो, तर ३० डिग्री तापक्रमभन्दा ४७ डिग्री धेरै भिन्न छ।' सेतोपाटी/एजेन्सी
प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १६:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP