शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रहरी प्रधान कार्यालयबाटै प्रश्नपत्र चोरी
प्रहरी प्रधान कार्यालयबाटै प्रश्नपत्र चोरी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २०, २०७८
adds
काठमाडौं । प्रहरी प्रधान कार्यालयबाटै प्रश्नपत्र चोरी भएको घटना सार्वजनिक भएको छ । युएन मिसनको परीक्षाका लागि तयार पारिएको प्रश्नपत्र चोरी भएको हो । प्रहरी प्रधान कार्यालयको युन शाखाले लिएको युएन शान्ति मिसनको परीक्षाको प्रश्नपत्र बाहिरिएपछि प्रहरीको सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठेको छ । गत शुक्रबार र शनिवार दुई चरणमा परीक्षा लिन लागिएको थियो । प्रहरी जवानदेखि एसएसपीसम्मको परीक्षा लिइएको थियो । शनिवार बिहान लिन लागिएको परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको हो । प्रश्नपत्र चोरी भएर लिक भएको थाहा पाएलगत्तै अपराध अनुसन्धान विभागले परीक्षा रद्द गरेर नयाँ प्रश्नपत्र बनाई परीक्षा लिएको थियो । युएन मिसनका लागि २३ सय जना परीक्षार्थी सहभागी थिए । परीक्षाअगावै प्रश्नपत्र लिक भएको थाहा पाएलगत्तै नयाँ प्रश्नपत्र बनाएर परीक्षा लिएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिनुभयो । युएन शाखामा कार्यरत कार्यालय सहयोगीले प्रश्नपत्र निकालेको थाहा भएको स्रोतको भनाइ छ । सो घटनालगत्तै प्रधान कार्यालयले छानविन समिति गठन गरेको छ । प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाको नेतृत्वमा छानविन समिति बनाएको छ । मंगलबार गठित छानविन समितिमा एसएसपी, एसपी, डिएसपी र इन्सपेक्टर सदस्य छन् । प्रश्नपत्र चोरीका विषयमा छानविन थालिसकिएको डीआइजी लामाले बताउनुभयो । नागरिक खबरबाट
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १७:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP