शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • राजश्व छलीको सामान र लागू औषधसहित ३ पक्राउ
राजश्व छलीको सामान र लागू औषधसहित ३ पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, साउन २१, २०७८
सुर्खेत । सुर्खेत प्रहरीले राजश्व छलीका सामान बोक्ने एक जना र लागू औषध ब्राउन सुगर कारोबारी २ जना गरी तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार लागु औषधको घटनामा वीरेन्द्रनगर नगरपालिका– ७ ईत्राम स्थित औद्योगीक क्षेत्र तर्फ जाने कच्ची मोटर बाटोबाट जुम्ला तिला गाउँपालिकाका बर्ष १८ का काली बहादुर शाही र बर्ष २१ को खिमराज शाहीलाई शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा फेला पारेर पक्राउ गरिएको हो। चेक जाँच गर्दा खिम राज शाहीले आफ्नो बायाँ हातको मुठ्ठी भित्र राखेको कालो प्लास्टिकमा सेतो धागोले बेरी राखेको ३ पुडिया जमिनमा फालेको र काली बहादुर शाहीले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा कालो प्लास्टिकमा बेरी लुकाई छिपाई राखेको ४ पुडिया लागू औषध (ब्राउनसुगर) फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । यस्तै उनीहरुको साथबाट दुईवटा मोबाइल सेट, नगद दुई हजार ४५० रुपैयाँ समेत बरामत गरिएको उहाँले बताउनुभयो। यस्तै दाङबाट जाजरकोट सम्मको लागी जाँदै गरेको रा १ क ३७ नम्बरको मिनी ट्रकमा राजश्व छलेर अवैध रुपमा ३ लाख ९६ हजार बारबरको तेल ओसार पसार गरी लैजाँदै गर्दा चालक सहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडी चालक कञ्चनपुर सुक्ला फाँटका बर्ष ३२ को लोक बहादुर बिक रहेका छन् । अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको चेक प्वाइन्टको प्रहरी टोलीले अवैध सामान, ट्रक र सवारी चालकलाई लिएको हो । चालकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाईएको छ । रातोपाटीबाट
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  ११:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP