शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
अन्तर्राष्ट्रिय
  • गृहपृष्ठ
  • अफगानिस्तान : दुई दिनमा तालिबानद्वारा दोस्रो क्षेत्रीय राजधानी कब्जा
अफगानिस्तान : दुई दिनमा तालिबानद्वारा दोस्रो क्षेत्रीय राजधानी कब्जा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, साउन २४, २०७८
afjan
अफगानिस्तान । तालिबानहरूले उत्तरी शहर सेबेरगानमा आफ्नो नियन्त्रण कायम भएको बताइरहँदा संयुक्त राज्य अमेरिकाले हालैका दिनमा अफगान सरकारको समर्थनमा हवाई हमलाहरूलाई तीव्र बनाएको बताएको छ। यसअघि अफगान अधिकारीहरूले लामो दूरीमा बम प्रहार गर्न सक्ने बमवर्षक प्रयोग गरिएको र त्यसले लडाकुहरूतर्फ ठूलो क्षति पुर्‍याएको बताएका थिए। रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले अमेरिकी बी-फाइभटू हवाईजहाजले गरेको आक्रमणमा २०० भन्दा बढी विद्रोही मारिएको बताउनुभयो। यसअघि तालिबानले उनीहरूले सेबेरगान शहरमा नियन्त्रण कायम गरेको जनाएका थिए।दुई दिनमा लडाकुहरूको नियन्त्रणमा पुगेको त्यो दोस्रो प्रान्तीय राजधानी हो। शुक्रवार दक्षिण पश्चिममा अवस्थित निम्रोज प्रान्तको राजधानी जारन्जमाथि लडाकुहरूले नियन्त्रण कायम गरेका थिए।तर अमनले सरकारी फौज अझै त्यस क्षेत्रमा रहेको उनीहरूले उक्त शहरलाई ुचाँडैु पुनस् नियन्त्रणमा लिने बताएका छन्। २० वर्षको सैनिक कारबाहीपछि विदेशी फौजहरू फिर्ता हुन लाग्दा तालिबानहरूले अफगानिस्तानमा आफ्नो पकड मजबुत बनाउँदै लगेका छन्।उत्तरमा कुन्दुज र दक्षिणमा लस्कर गामा पनि भीषण लडाइँ भइरहेका खबर छन्। देशका ग्रामीण इलाकाहरूमा कब्जा जमाउन सफल भएपछि हालैका हप्ताहरूमा तालिबानहरूले प्रमुख नगर र शहरहरूलाई निशाना बनाइरहेका छन्। भीषण लडाइँ सेबेरगान पूर्व अफगान उपराष्ट्रपति तथा युद्ध सर्दार अब्दुल रासिद दोस्तुमको गढ हो र उनका समर्थकहरूले उग्रवादी विरूद्धको लडाइँको नेतृत्व गरिरहेका छन्। स्थानीय सञ्चारमाध्यमले अफगान फौजहरूलाई सहयोग गर्न १ सय ५० जना मानिसहरू उक्त शहरमा गएको जनाएका छन्।तालिबानहरूले भीषण भिडन्तपश्चात् शुक्रवार गभर्नरको परिसरमा नियन्त्रण कायम गरेका थिए तर पछि अफगान फौजले त्यसलाई फर्काउन सफल भएको थियो। तर क्षेत्रीय परिषद्का प्रमुख बबुर इस्चीले उग्रवादीहरूले अहिले पनि लडाँइ चलिरहेको एउटा सैनिक शिविर बाहेक शहरका सम्पूर्ण क्षेत्र कब्जामा लिएको बताउनुभयो। अफगान रक्षा मन्त्रालयका प्रवक्ता अमनले बीबीसीसँग कुरा गर्दै विमानस्थलसहित अझै पनि सरकारी फौजहरूको ुबहुमत रहेकोु र सेबेरगान निकट भविष्यमा ुआतङ्कवादीहरूबाट अलग हुनेु बताएका छन्। तालिबान अधिकारीहरूले उनीहरूले सेबेरगानस्थित एउटा कारागारलाई नियन्त्रणमा लिएको जनाएका छन्। ‘बिर्सिएका’ अफगान शरणार्थी जसले आफ्नो ज्यान लिइरहेका छन् सामाजिक सञ्जालमा राखिएको भिडिओमा सयौँ बन्दीहरू शहरको कारागारबाट बाहिर निस्किरहेको देख्न सकिन्छ।हालैका हप्ताहरूमा तालिबानहरूले छिमेकी देशहरूसँगका महत्त्वपूर्ण सीमा नाका पनि कब्जा गरेका छन्। उक्त समूहले पाकिस्तानसँगको सीमा बन्द गरेको छ र तस्बिरमा दर्जनौँ अफगान नागरिक पाकिस्तानी क्षेत्रमा फसेको देख्न सकिन्छ।खराब सुरक्षा अवस्थालाई ध्यान दिँदै संयुक्त राज्य अमेरिका र यूके सरकारले आफ्ना नागरिकलाई तुरुन्तै अफगानिस्तान छाड्न भनेका छन्। बीबीसीबाट
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १२:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP