शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ११ वर्षीया छोरीमाथि पटक-पटक बलात्कार गरेको आरोपमा बुवा र काका पक्राउ
११ वर्षीया छोरीमाथि पटक-पटक बलात्कार गरेको आरोपमा बुवा र काका पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, साउन २५, २०७८
गोरखा । गोरखामा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आफ्नै बुवा र काकालाई पक्राउ गरेको छ। पालुङटार नगरपालिकाकी ११ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार भएको खबरपछि प्रहरीले दुई जनालाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो। उहाँका अनुसार बालिकामाथि डेढ वर्षदेखि पटक-पटक बलात्कार भएको थियो। बालिकामाथि बलात्कार भए पनि उनले घटनाबारे खुलाएकी थिइनन्।बालिकाकी आमाले पहिले श्रीमानलाई छाडेर गएकी थिइन्। आमाले घर छाडेपछि बुवा नै बालिकाको संरक्षक भएका थिए। पछिल्लो समय बालिकाको स्वास्थ्यमा समस्या आएपछि आफ्नी फुपूलाई खबर गरेकी थिइन्। 'आमाले पहिले नै छोडिसकेकी थिइन् । उनका भाइ र बहिनी पनि छन्,' प्रहरी उपरीक्षक खनालले भन्नुभयो,'पछि स्वास्थ्यमा समस्या देखियो। समस्या आएपछि बालिकालाई फुपूलाई खबर गरिन्। तर घटनाबारे जानकारी नगराइ समस्याबारे मात्रै भनिन्। अनि सुरूमा चितवनमा उपचार गराउन लगियो।' चितवन हुँदै उनीहरू काठमाडौंको थापाथलीस्थित प्रसूति गृह पुगेका थिए। चिकित्सकले बालिकामाथि बलात्कार भएको छ भन्ने जानकारी गराएका थिए। 'चिकित्सकहरूले बालिकामाथि बलात्कार भएको थियो भन्ने कुरा गरेपछि फुपूले बालिकामाथि सोधपुछ गर्‍यो। पछि बुवा र काकाले नै बलात्कार गरेको थाहा भएपछि हामीलाई शुक्रबार जानकारी आयो,'उहाँले भन्नुभयो,'हामीले त्यही दिन दुबै जनालाई पक्राउ गर्‍यौं।' प्रहरीले बालिकाकी बुवालाई घरबाटै र काकालाई तनहुँबाट पक्राउ गरेको हो। प्रहरीले उनीहरूमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गरी अघि बढाएको छ। त्यस्तै, बालिकाको स्वास्थ्य अवस्था पनि सामान्य भएको प्रहरीले जनाएको छ। बालिका फुपूको संरक्षणमा छिन्। सेतोपाटीबाट
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १२:३०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP