शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • एसिड बेच्ने व्यापारीले सफाई पाएपछि अदालत पुगेकी आरती पक्राउ
एसिड बेच्ने व्यापारीले सफाई पाएपछि अदालत पुगेकी आरती पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, साउन २६, २०७८
ahah
जनकपुरधाम । अवैध रूपमा एसिड बेच्ने व्यापारीलाई अदालतले सफाई दिएको भन्दै अदातल परिसरमा आक्रोश पोख्न पुगेकी एसिड पीडित आरती साहलाई प्रहरीले पक्राउ गरेको छ। अनुमती बिनै किराना पसलमा राखेर एसिड बेच्ने नागेन्द्र साहलाई उन्मुक्ति दिएर अदालतले आफूमाथि अन्याय गरेको भन्दै मंगलबार दिउँसो उनी धनुषा जिल्ला अदालत पुगेकी थिइन्। त्यहाँ उनले वकिल तथा न्यायाधीसविरुद्ध बोल्दै हो–हल्ला गरेपछि उनी र उनका भाइ राजालाई प्रहरीले पक्राउ गरेको हो। न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सोमबार आरतीका श्रीमान् जनकपुरधाम उपमहानगरपालिका–२० बस्ने सञ्जिब साहलाई कसुर गरेको ठहर गरेको थियो। तर एसिड बिक्रेता निखिल स्टोर्स किराना पसलका संचालक नागेन्द्रलाई सफाइ दिएको थियो। ‘अदालतमा भएको फैसलामा चित्त नबुझे पुनरावेदन जानुपर्यो नि तर श्रीमान् (न्यायाधीश) लाई गाली(बेज्जती गरेपछि सोधपुछका लागि ल्याएका छौँ,’ धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले भने। अहिले दुबैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। एसिड बेच्ने अनुमतीपत्र नहुँदा समेत नागेन्द्रलाई न्यायधीश र वकिलले आर्थिक लेनदेन गरि सफाई दिएको आरतीको आरोप छ। ‘करिब तीन महिना पहिले नागेन्द्रले मकहाँ आफ्नो मान्छेलाई पठाएर ५ लाख लिन्छौँ कि १० लाख, म दिन्छु तर तिमी मेरो नाम अदालतमा नलिनु भनेका थिए। तर मैले मानिन्,’ आरतीले आक्रोश पोख्दै सुनाइन्, ‘पैसा हुँदैमा दोषी छुटिहाल्छरु उसलाई सजाय भएको भए अरु कसैले यसरी एसिड किनेर छ्याप्ने हिम्मत गर्दैनथे।’ नागेन्द्र समेत दोषी रहेको दाबी गर्दै आरतीले लडाइँ जारी राख्ने बताइन्। फैसला सुनाउने दिन बहसमा आफूलाई जानकारी नगराइएको आरतीको भनाइ छ। ‘आज बिहान १० बजे रेडियोमा समाचार सुनेर मैले फैसला आएको थाहा पाएँ। मलाई कसैले किन बोलाएन ? ,’ उनले प्रश्न गरिन् । यद्दपी अधिवक्ता रिंकु कुमारी यादवले आरतीको बुवाको मोबाइलमा फोन गर्दा सम्पर्क हुन नसकेको बताइन्। सञ्जिबले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित स्थानीय नागेन्द्रले सञ्चालन गरेको निखिल स्टोर्सबाट एसिड खरिद गरेको दुबै जनाले बयान दिएका थिए। प्रहरीले छापा मार्दा उनको पसलबाट बियरको बोतलमा राखेर कार्टुनमा प्याक गरिएको ४८ बोतल र खोलिएको काटुर्नबाट १० वटा गरी ५८ बोतलमा साढे ४३ लिटर एसिड बरामद भएको थियो। तैपनि अदालतले एसिड व्यापारी नागेन्द्रलाई सफाइ दिएको छ। कसुर ठहर गरिएका सञ्जिबलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि वादी र प्रतिवादी दुबैतर्फका वकिलले प्रस्तुत गर्ने प्रतिवेदनमाथि बहसपछि फैसला हुनेछ। सेतोपाटीबाट
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १५:०२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP