शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • होटलको लिफ्टमा खेल्न आएको भन्दै व्यवसायीद्वारा बालकलाई निर्घात कुटपिट, ३ जना पक्राउ
होटलको लिफ्टमा खेल्न आएको भन्दै व्यवसायीद्वारा बालकलाई निर्घात कुटपिट, ३ जना पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २७, २०७८
balak
धनुषा । होटलको लिफ्टमा खेल्न गएका बालकलाई निर्घात कुटपिट गरेको आरोपमा व्यवसायी अमरनाथ गुप्तासहित ३ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ स्थित अमरनाथ गुप्ताको होटेल गायत्री कुञ्ज अतिथि सदनमा रहेको लिफ्टमा खेल्न गएका १३ वर्षीय बालकलाई उनले निर्घात कुटपिट गरेको जानकारी पाए लगत्तै धनुषा प्रहरीले व्यवसायी गुप्तासहित ३ जनालाई पक्राउ गरेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने १३ वर्षीय बालक लिफ्टमा खोल्न गएका बेला होटेल सञ्चालक अमरनाथ गुप्ताका २ कर्मचारीले लिफ्ट बन्द गरी मरणासन्न हुने गरी कुटपिट गरेको स्थानीयवासीको आरोप छ । बालकलाई लिफ्टमा बन्द गरी कुटपिट गरेको अवस्थामा स्थानीयले देखेपछि ती बालकलाई जोगाउँदै तत्कालै स्थानीय जानकी प्रहरी चौकीलाई जानकारी गराएका थिए । होटलका सञ्चालक अमरनाथ गुप्ताकै निर्देशनमा कुटपिट गरिएको बालकका बुवा सञ्जय ठाकुरलाई समेत ती कर्मचारीहरूले कुटपिट गरेका थिए । कुटपिट गर्ने गायत्री कुञ्ज अतिथि सदनका सञ्चालक अमरनाथ गुप्ता, होटेलका कर्मचारी रहेका महोत्तरीको मनरा सिस्वा नगरपालिका बस्ने ३३ वर्षीय रामपुकार ठाकुर र ३८ वर्षीय सुभाष कुमार साहलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । कुटपिटबाट घाइते भएको बालकको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । रातोपाटीबाट
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ११:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP