शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • खुकुरी प्रहारबाट गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, साउन २७, २०७८
धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आपसी विवादमा खुकुरी प्रहार गर्दा घाइते भएका एक जनाको उपचारका क्रममा निधन भएको छ ।क्षीरेश्वरनाथ नगरपालिका–६ स्थित सखुवा बजार, नयाँ टोलका अन्दाजी ३५ वर्षीय ओम मलिक डोमको मृत्यु भएको हो । आपसी विवादमा खुकुरी प्रहार तथा कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा लगिएको थियो ।साउन १८ गते सोमबार राति छिमेकी २७ वर्षीय राकेश राय कुर्मीले विवादका क्रममा उनलाई खुकुरी प्रहार गरेका थिए । राकेशकी दिदी ३५ वर्षीय रिङ्की देवी कुर्मीले समेत उनको टाउकोमा चिर्पट प्रहार गरेको स्थानीयवासीको भनाइ छ । गम्भीर घाइते भएका ओमको तत्कालै महेन्द्रनगरमा प्राथमिक उपचार गरिएको थियो । तर अवस्था गम्भीर भएपछि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको थियो । जनकपुरमा उनको उपचार सम्भव नभएपछि धरान रेफर गरिएको र धरानमा पनि अवस्था बिग्रिदै गएपछि विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको थियो ।विराटनगरमा उपचारकै क्रममा गएराति ओमको मृत्यु भएको परिवारजनले जनाएको छ । ओमको एक श्रीमती, दुई छोरी र एक छोरा छन् । ओमको मृत्यु भएपछि राकेश फरार छन् । १८ साउनमा झगडा भएको र १९ साउन मंगलबार ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिए पनि प्रहरीले राकेशलाई पक्राउ नगरेको भन्दै पीडित परिवारजन आक्रोशित छन् भने मंगलबार आफन्तहरुले शव राखेर प्रदर्शनसमेत गरेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले ओमको मृत्युको सम्बन्धमा अनुसन्धानका लागि घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलकबहादुर सुनारले घटना सम्बन्धमा निवेदन परेको र घाइतेको उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त भए लगत्तै घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताउनुभयो । रातोपाटीबाट
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ११:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP